ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समूह विजेता बन्न ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य


एबीसी न्यूज

काठमाडौं, १६ कात्तिक ।आइसिसी टी-२० विश्वकप एसिया छनोटमा नेपाललाई ओमानले १४६ रनको लक्ष्य दिएको छ। समूह ‘ए’ विजेताको टुंगो लाग्ने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले ९ विकेटको क्षतिमा १४५ रन जोड्यो।नेपालले ‍ओमानको पहिलो ओभरमै विकेट लियो। ओमानका ओपनर कश्यप प्रजापतिलाई करण केसीले पहिलो ‌ओभरको पाँचौ बलमा विकेट पछाडि विकेटकिपर आसिफ शेखबाट ८ रनको व्यक्तिगत स्कोरमा आउट गरे।सोमपाल कामीले ओमानका अबिक इल्यासलाई चौथो ओभरको पहिलो बलमा २ रनमा बोल्ड गरे।

नेपालका लागि तेस्रो विकेट गुल्सन झाले पाँचौ ओभरको अन्तिम बलमा लिए। उनले प्रतिक अथाभलेलाई २४ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए।छैटौं ओभरमा सोमपाल कामीले सोएब खानलाई शून्यमा बोल्ड गरे। यससँगै नेपालले पाँच बलको बीचमा दुई विकेट लिन सफल भएको थियो।

नेपालका लागि पाँचौ र छैटौं विकेट सन्दीप लामिछानेले लिए। सन्दीपले १४औं ओभरको पहिलो र दोस्रो बलमा लगातार विकेट लिएका थिए। सन्दीपले आयान खानलाई १८ रनमा बोल्ड गर्दा मोहरान खानलाई शून्यमा एलबिडब्लूको धरापमा पारे।

अभिनास बोहराले ओमानका कप्तान जीशन मक्सुदलाई ३२ रनमा विकेटकिपर आसिफबाट क्याच गराए। उनले २६ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए। १८औं ओभरको दोस्रो बलमा छक्का प्रहार गरेका ओमानका नीशन खुसीलाई २५ रनमा करण केसीले सन्दीपबाट क्याच गराए। करणले अन्तिम ओभरमा कलिमुल्लाहलाई ५ रनमा आउट गरे। ओमानका सकिल अहमद २२ रनमा नटआउट रहे।

बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले २-२ विकेट लिन सफल भए। गुल्सन झा र अभिनास बोहराले १-१ विकेट हात पारे।

समूह ‘ए’ मा नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन्। नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो। ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । आजको खेलले समूह विजेताको टुंगो लाग्नेछ। समूह ‘ए’ को विजेताले समूह ‘बी’को उपविजेता र समूह ‘ए’को उपविजेताले समूह ‘बी’ को विजेतासँग सेमिफाइनल खेल्नेछन्।

समूह ‘बी’ बाट युएई सेमिफाइनल प्रवेश गरिसकेको छ। बाँकी एक टिमको टुंगो आजको खेलबाट लाग्नेछ। एसिया छनोटको फाइनल पुग्ने २ टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी(२० विश्वकप खेल्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com