ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि यूएईलाई


एबीसी न्यूज
कार्तिक १०, २०८० शुक्रबार  ३ : १४ बजे

काठमाडौं, १० कात्तिक  ।  यूएईले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि जितेको छ । फाइनल खेलमा घरेलु टोली नेपाललाई चार विकेटले हराउँदै यूएईले उपाधि जितेको छ । जितको लागि एक सय ६३ रनको विजयी लक्ष्य पछ्याएको यूएईले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै पूरा ग¥यो । यूएईका मोहम्मद वासिमले ४५ रन बनाए । यूएईलाई जितको लागि अन्तिम ६ बलमा ७ रन चाहिएको थियो । पहिलो बलमा करण केसीलाई बासिल हामिदले कभरमा दुई रन प्रहार गरेका थिए ।

दोस्रो बल डट राखेपछि चार बलमा पाँच रन चाहिएको थियो । तेस्रो बलमा एक रन दिँदा लगत्तै वाइड फाले । चौथो बलमा आयनले एक रन बटुले । दुई बलमा दुई रन चाहिएको थियो । पाँचौँ बलमा बासिलले छक्का हान्दै रोमाञ्चक जित दिलाए ।नेपालका अभिनाश बोहरा र गुल्सन झाले समान २ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ५० रन बनाए । अब सोमवारदेखि आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट शुरु हुनेछ । समूह ए मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन् । समूह बी मा हङकङ, यूएई, बहराइन र कुवेत छन् । फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

बालेनको सम्पत्ति– मधेशमा १० बिघा जग्गा, १ करोड ४६ लाख नगद र १९० तोला गरगहना

सम्बन्धित

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

बालेनको सम्पत्ति– मधेशमा १० बिघा जग्गा, १ करोड ४६ लाख नगद र १९० तोला गरगहना

बालेन सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण : स्वघोषित स्रोतसहितको तुलनात्मक विवरण (सूची)

उर्जामन्त्री श्रेष्ठको ८ बैंकमा ८० लाख ब्यालेन्स, ३० लाखका घडी

शिक्षा मन्त्री पोखरेलको सम्पत्ति २४ करोड १६ लाख, काठमाडौंमा करोडौँका घरजग्गा

“सामाजिक सञ्जालबाट करोडपति प्रधानमन्त्री: बालेनको १ करोड ४६ लाख”, कसको सम्पत्ति कति ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com