ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली कांग्रेसले फेरि भन्यो ‘चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको छ’


ABC NEWS

काठमाडौँ ९ कात्तिक । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको देखिएको बताएका छन् ।

असोज २४ मा हुम्लाको सिमिकोट पुगेका पूर्व गृहमन्त्री निधि कात्तिक १ मा काठमाडौँ फर्किएका थिए । हुम्लामा सात दिन बसेका निधिले असोज २७ मा कैलाश र मानसरोवरको दूर दर्शन गरेका थिए ।

भ्रमणको अवसरमा उनले हिल्सा बोर्डरमा स्थानीय बासिन्दाले भोग्नु परेको समस्या र सीमा क्षेत्रको सुरक्षाका लागि सरकारले गर्नुपर्ने कामहरूको बारेमा जानकारी लिएका थिए ।

निधिले प्रमुख जिल्ला अधिकारी, सीमा सुरक्षा बलमा खटिएका प्रहरी अधिकृत र अन्य सरकारी अधिकारीहरूसँग सीमा विवादबारे छलफल गरेका थिए ।

हिल्साको सीमा क्षेत्रमा चीनको तर्फबाट नेपाली भूमिमा लगाइएको तारबार हटाई सीमा सम्बन्धी विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार लाग्नुपर्ने स्थानीय अधिकारीहरूले निधिसँगको भेटमा जोड दिए ।

सीमा सम्बन्धी विवादलाई समाधान गर्न सदनमा आवाज उठाउने र सीमा सुरक्षाका लागि आवश्यक सरकारी प्रबन्ध जुटाउने पहलमा आफू लागिपर्ने नेता निधिले बताए ।

सोही क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले सीमा क्षेत्रको समस्या समाधानमा सरकारले बेवास्ता गरेको गुनासो गरे ।

कर्णाली प्रदेशका सांसद समेत रहेका शाहीले निधि नेतृत्वको ४० जनाकोटोलीलाई सीमा अतिक्रमणबारे जानकारी दिएका बताए । हुम्लामा सात दिन बस्दा अतिक्रमण आफूहरूले आँखाले देखेको निधिको दाबी छ ।

चीनले पिल्लरहरूमा गडबडी गरेर नेपालको भूमि अतिक्रमण गरेको नेता शाहीले दाबी छ ।

पिल्लर नम्बर ९ हिल्सामा भए पनि दशगजा खाली नगरी चीनले गेट बनाएको उनको भनाइ थियो । शाहीका अनुसार दशगजा खाली राख्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता नै छ ।

‘पिल्लर नम्बर ८–१ नेपाल र ८–२ चीनतर्फ छ । त्यस्तै ७–१ नेपाल र ७–२ चीनतर्फ छ । त्यसरी नै पिल्लर नम्बर ६–१ नेपाल र ६–२ चीनतर्फ हुनुपर्ने हो । तर ६–१ पिल्लर चीनले आफ्नोतर्फ पारेको छ । यो स्पष्ट सीमा अतिक्रमण हो,’ उनी भन्छन् ।

शाहीका अनुसार पिल्लर नम्बर ५–२ मा एकातिर नेपाल र अर्कोतिर चीन लेखिएको छ । ‘२०४५ साल लेखिएको यो पिल्लर त्यहाँ उल्लेखित भाषा हेर्दा दुई देशको बीचमा हुनुपर्ने हो । तर, पिल्लर चीनले आफ्नो भूमिमा राखेको छ । पिल्लर नम्बर ५–१ र २ नजिकको जंगपिल्लर ढलेको अवस्थामा छ,’ शाहीले भने ।

त्यतिबेला तीनकोठे भवन बन्ने बेलामा पनि प्रश्न उठेको थियो । शाहीका अनुसार आफूहरूले विरोध गर्दा चिनियाँहरूले यो पशु क्वारेन्टिन भन्दै दुबै देशले प्रयोग गर्न मिल्छ भनेका थिए । ‘अहिले त्यही स्थानमा नौ वटा भवन बनाएका छन्, जुन नेपाली भूमिमा पर्छ,’ शाहीको बिफ्रिङ थियो ।

यस्तै हुम्लावासीले कैलाश र मानसरोवरमा विना भिसा जान पाउनुपर्ने माग राखेको निधिले बताए । ‘पहिले कैलाश र मानसरोवर नेपालकै बाटोबाट जान सकिन्थ्यो । अहिले भिसी लिएर मात्र जान पाइन्छ । हुम्लाका लाप्चा र हिल्सा चीनसँग जोडिएका दुई वटा नाका हुन्,’ उनी भन्छन्, ‘लाप्चा र लासाबाट नै कैलाश पर्वत र मानसरोवरको दर्शन गर्न सम्भव होस् भनेर म सरकारसँग माग गर्दै छु ।

यस्तै सीताको भूमिका जनकपुरवासीलाई कैलाशको धार्मिक र सांस्कृतिक यात्रा गर्न निधिले सुझाए । ‘जनपुरलाई कैलाश पर्वत र मानसरोबारलाई जोडनका लागि जनकपुरवासी सक्रिय हुनुपर्दछ । मधेस प्रदेशको सरकार पनि सक्रिय हुनुपर्दछ,’ उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com