ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली कांग्रेसले फेरि भन्यो ‘चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको छ’


ABC NEWS
कार्तिक ९, २०८० बिहीबार   २ : ५०   बजे

काठमाडौँ ९ कात्तिक । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको देखिएको बताएका छन् ।

असोज २४ मा हुम्लाको सिमिकोट पुगेका पूर्व गृहमन्त्री निधि कात्तिक १ मा काठमाडौँ फर्किएका थिए । हुम्लामा सात दिन बसेका निधिले असोज २७ मा कैलाश र मानसरोवरको दूर दर्शन गरेका थिए ।

भ्रमणको अवसरमा उनले हिल्सा बोर्डरमा स्थानीय बासिन्दाले भोग्नु परेको समस्या र सीमा क्षेत्रको सुरक्षाका लागि सरकारले गर्नुपर्ने कामहरूको बारेमा जानकारी लिएका थिए ।

निधिले प्रमुख जिल्ला अधिकारी, सीमा सुरक्षा बलमा खटिएका प्रहरी अधिकृत र अन्य सरकारी अधिकारीहरूसँग सीमा विवादबारे छलफल गरेका थिए ।

हिल्साको सीमा क्षेत्रमा चीनको तर्फबाट नेपाली भूमिमा लगाइएको तारबार हटाई सीमा सम्बन्धी विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार लाग्नुपर्ने स्थानीय अधिकारीहरूले निधिसँगको भेटमा जोड दिए ।

सीमा सम्बन्धी विवादलाई समाधान गर्न सदनमा आवाज उठाउने र सीमा सुरक्षाका लागि आवश्यक सरकारी प्रबन्ध जुटाउने पहलमा आफू लागिपर्ने नेता निधिले बताए ।

सोही क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले सीमा क्षेत्रको समस्या समाधानमा सरकारले बेवास्ता गरेको गुनासो गरे ।

कर्णाली प्रदेशका सांसद समेत रहेका शाहीले निधि नेतृत्वको ४० जनाकोटोलीलाई सीमा अतिक्रमणबारे जानकारी दिएका बताए । हुम्लामा सात दिन बस्दा अतिक्रमण आफूहरूले आँखाले देखेको निधिको दाबी छ ।

चीनले पिल्लरहरूमा गडबडी गरेर नेपालको भूमि अतिक्रमण गरेको नेता शाहीले दाबी छ ।

पिल्लर नम्बर ९ हिल्सामा भए पनि दशगजा खाली नगरी चीनले गेट बनाएको उनको भनाइ थियो । शाहीका अनुसार दशगजा खाली राख्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता नै छ ।

‘पिल्लर नम्बर ८–१ नेपाल र ८–२ चीनतर्फ छ । त्यस्तै ७–१ नेपाल र ७–२ चीनतर्फ छ । त्यसरी नै पिल्लर नम्बर ६–१ नेपाल र ६–२ चीनतर्फ हुनुपर्ने हो । तर ६–१ पिल्लर चीनले आफ्नोतर्फ पारेको छ । यो स्पष्ट सीमा अतिक्रमण हो,’ उनी भन्छन् ।

शाहीका अनुसार पिल्लर नम्बर ५–२ मा एकातिर नेपाल र अर्कोतिर चीन लेखिएको छ । ‘२०४५ साल लेखिएको यो पिल्लर त्यहाँ उल्लेखित भाषा हेर्दा दुई देशको बीचमा हुनुपर्ने हो । तर, पिल्लर चीनले आफ्नो भूमिमा राखेको छ । पिल्लर नम्बर ५–१ र २ नजिकको जंगपिल्लर ढलेको अवस्थामा छ,’ शाहीले भने ।

त्यतिबेला तीनकोठे भवन बन्ने बेलामा पनि प्रश्न उठेको थियो । शाहीका अनुसार आफूहरूले विरोध गर्दा चिनियाँहरूले यो पशु क्वारेन्टिन भन्दै दुबै देशले प्रयोग गर्न मिल्छ भनेका थिए । ‘अहिले त्यही स्थानमा नौ वटा भवन बनाएका छन्, जुन नेपाली भूमिमा पर्छ,’ शाहीको बिफ्रिङ थियो ।

यस्तै हुम्लावासीले कैलाश र मानसरोवरमा विना भिसा जान पाउनुपर्ने माग राखेको निधिले बताए । ‘पहिले कैलाश र मानसरोवर नेपालकै बाटोबाट जान सकिन्थ्यो । अहिले भिसी लिएर मात्र जान पाइन्छ । हुम्लाका लाप्चा र हिल्सा चीनसँग जोडिएका दुई वटा नाका हुन्,’ उनी भन्छन्, ‘लाप्चा र लासाबाट नै कैलाश पर्वत र मानसरोवरको दर्शन गर्न सम्भव होस् भनेर म सरकारसँग माग गर्दै छु ।

यस्तै सीताको भूमिका जनकपुरवासीलाई कैलाशको धार्मिक र सांस्कृतिक यात्रा गर्न निधिले सुझाए । ‘जनपुरलाई कैलाश पर्वत र मानसरोबारलाई जोडनका लागि जनकपुरवासी सक्रिय हुनुपर्दछ । मधेस प्रदेशको सरकार पनि सक्रिय हुनुपर्दछ,’ उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group