ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानविरुद्ध अफगानिस्तानको कीर्तिमानी जित


एबीसी न्यूज

काठमाडौं, ७ कात्तिक । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा अफगानिस्तानले पाकिस्तानविरुद्ध आठ विकेटको ऐतिहासिक जित निकालेको छ । अफगानिस्तानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक पाकिस्तानलाई हराएको हो ।

सोमबार चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट रंगशालामा पाकिस्तानले प्रस्तुत गरेको २८३ रनको लक्ष्य अफगानिस्तानले ४९ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । अफगानिस्तानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भेट्टाएको सबैभन्दा ठूलो लक्ष्यसमेत यही हो । यसअघि अफगानिस्तानले सन् २०१४ मा युनाइटेड अरब इमिरेट्स ९यूएई०ले प्रस्तुत गरेको २७५ रनको लक्ष्य भेट्टाएको थियो ।

अफगानिस्तानको जितमा ओपनर इब्राहिम जद्रानले ८७ रन बनाए । शतक बनाउन १३ रनले चुकेका जद्रानले ११३ बलमा १० चौका प्रहार गरे । रहमत साहले अविजित ७७ रन जोडे । रहमनुल्लाह गुर्बजले ६५ र कप्तान हस्मतुल्लाह साहिदीले अविजित ४८ रन थपे ।

पाकिस्तानका साहिन साह अफ्रिदी र हसन अलीले समान ए विकेट लिए ।त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २८२ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका कप्तान बाबर अजामले ९२ बलमा चार चौका र एक छक्कासहित ७४ रन बनाए । यसैगरी अब्दुल्लाह शाफिकले ७५ बलमा पाँच चौका र दुई छक्काको मद्दतले ५८, शादब खान र इफ्तिखर अहमदले समान ४०, साउद शकिलले २५ र इमान उल हकले १७ रन जोडे ।

अफगानिस्तानका लागि नुर अहमदले तीन विकेट लिए । नवीन उल हकले दुईले दुई विकेट लिँदा मोहम्मद नाबी र अज्मतुल्लाह ओमरजाईले समान एक विकेट लिए ।

एकदिवसीय विश्वकप इतिहासमा अफगानिस्तानको यो तेस्रो जित हो । प्रतियोगितामा दोस्रो जित निकालेको अफगानिस्तान तालिकाको छैटौं स्थानमा छ । पाँच खेलबाट चार अंक जोडेको पाकिस्तान तालिकाको पाचौं स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com