ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानविरुद्ध अफगानिस्तानको कीर्तिमानी जित


एबीसी न्यूज
कार्तिक ७, २०८० मंगलबार  १० : २० बजे

काठमाडौं, ७ कात्तिक । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा अफगानिस्तानले पाकिस्तानविरुद्ध आठ विकेटको ऐतिहासिक जित निकालेको छ । अफगानिस्तानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक पाकिस्तानलाई हराएको हो ।

सोमबार चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट रंगशालामा पाकिस्तानले प्रस्तुत गरेको २८३ रनको लक्ष्य अफगानिस्तानले ४९ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । अफगानिस्तानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भेट्टाएको सबैभन्दा ठूलो लक्ष्यसमेत यही हो । यसअघि अफगानिस्तानले सन् २०१४ मा युनाइटेड अरब इमिरेट्स ९यूएई०ले प्रस्तुत गरेको २७५ रनको लक्ष्य भेट्टाएको थियो ।

अफगानिस्तानको जितमा ओपनर इब्राहिम जद्रानले ८७ रन बनाए । शतक बनाउन १३ रनले चुकेका जद्रानले ११३ बलमा १० चौका प्रहार गरे । रहमत साहले अविजित ७७ रन जोडे । रहमनुल्लाह गुर्बजले ६५ र कप्तान हस्मतुल्लाह साहिदीले अविजित ४८ रन थपे ।

पाकिस्तानका साहिन साह अफ्रिदी र हसन अलीले समान ए विकेट लिए ।त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २८२ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका कप्तान बाबर अजामले ९२ बलमा चार चौका र एक छक्कासहित ७४ रन बनाए । यसैगरी अब्दुल्लाह शाफिकले ७५ बलमा पाँच चौका र दुई छक्काको मद्दतले ५८, शादब खान र इफ्तिखर अहमदले समान ४०, साउद शकिलले २५ र इमान उल हकले १७ रन जोडे ।

अफगानिस्तानका लागि नुर अहमदले तीन विकेट लिए । नवीन उल हकले दुईले दुई विकेट लिँदा मोहम्मद नाबी र अज्मतुल्लाह ओमरजाईले समान एक विकेट लिए ।

एकदिवसीय विश्वकप इतिहासमा अफगानिस्तानको यो तेस्रो जित हो । प्रतियोगितामा दोस्रो जित निकालेको अफगानिस्तान तालिकाको छैटौं स्थानमा छ । पाँच खेलबाट चार अंक जोडेको पाकिस्तान तालिकाको पाचौं स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

सम्बन्धित

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

कांग्रेसको ‘होम ड्यूटी’ रणनीति: ‘जहाँ जिम्मेवारी, त्यहीँ खटिने’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com