ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रसंघका महासचिव गुटरेस कात्तिक १२ गते नेपाल आउने


एबीसी न्यूज
कार्तिक २, २०८० बिहीबार  ३ : ५४ बजे

काठमाडौं, २ कात्तिक ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस यही कात्तिक पहिलो साता नेपाल  आउने भएका छन्। यसअघि नेपाल भ्रमण स्थगित गरेका महासचिव गुटरेस कात्तिक १२ गते काठमाडौँ आउने भएका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटरेस कात्तिक १२ गते बिहान नेपाल आइपुग्नेछन्।

यसअघि उनी असोज २६ गते नै नेपाल आउने कार्यक्रम तय भएको थियो। तर लगत्तै हमास र इजरायलबीच युद्ध सुरु भएपछि उनले नेपाल भ्रमण स्थगन गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका बेला महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

प्रथम र दोस्रो महासचिव क्रमशः ट्रेज ली र ड्याग ह्यामरसोल्डबाहेक राष्ट्रसंघका ६ पूर्वमहासचिवले नेपालको भ्रमण गरेका छन्।यसैबीच नेपाल आइपुगेकै दिन महासचिव गुटरेससँग भेटवार्ता गरेपछि परराष्ट्रमन्त्री अमेरिका जानेगरी नयाँ कार्यतालिका बनाइएको जानकारी पनि उनको सचिवालयले दिएको छ।

‘संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेज कार्तिक ११ को राति (१२ गते बिहान) नेपाल आउनु हुँदै छ’, परराष्ट्रमन्त्रीको सचिवालयले भनेको छ, ‘त्यही दिन महासचिव गुटरेससँग कार्तिक १२ गते भेट गरेपछि मात्र माननीय परराष्ट्रमन्त्रीज्यू अमेरिका जानेगरी भ्रमणको नयाँ कार्यतालिका बनिरहेको छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

सम्बन्धित

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

टर्की संसद् रणमैदान : न्यायमन्त्रीको शपथअघि मुक्का हानाहान, सांसद घाइते (भिडियो र फोटो फिचरसहित)

थाइल्याण्डको चुनावले स्पष्ट सन्देश: सामाजिक सञ्जालको ट्रेन्ड नै मत परिणाम होइन

दक्षिण अफ्रिकाले डबल सुपर ओभर थ्रिलर जित्यो, वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले हरायो

मस्कोको नयाँ रणनीति: राज्य-नियन्त्रित ‘म्याक्स’ एपलाई बढावा दिन टेलिग्राममा अवरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com