ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल ओमानसंग ६ विकेटले पराजित


admin
माघ २६, २०७४ शुक्रबार  ७ : ५९ बजे

काठमाडौं, २६ माघ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको दोस्रो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ।

कमजोर ब्याटिङ गरेको नेपाललाई ओमानले ६ विकेटले हराएको हो।

नेपालले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य ओमानले १४।५ ओभर बाँकी छँदा ४ विकेट गुमाएर पार गर्‍यो।

ओमानका लागि अकिस इलायसले सबैभन्दा बढी ४६ रनको योगदान दिए। यस्तै बैभव वाटेगावङ्करले नटआउट ३७ र सुल्तान अहमेदले नटआउट १६ रनको योगदान गरे।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले २ विकेट लिए। उनले १० ओभरमा २९ रन दिए। बसन्त रेग्मी र सोमपाल कामीले १–१ विकेट हात पारे। सोमपालले ओपनिङ ब्याट्सम्यान स्वपनिल खाडयेलाई १ रनमा एलबिडब्लूको धरापमा पारेका थिए। सन्दीपले जितेन्दर सिंहलाई २४ रनमा खेलिरहँदा बोल्ड गरे।

बसन्तले ४६ रन बनाएर खेलिरहेका अकिस इलयासलाई बोल्ड गरेका थिए। लगत्तै सन्दीपले खवार अलीलाई ११ रनमा बोल्ड गरे।

खराब सुरुवात गरेको नेपालले १० ओभरको पावर प्लेमा २७ रन जोड्दा १ विकेट गुमाएको थियो। नेपालका लागि शरद भेषावकरले सर्वाधिक २२ रन जोड्दा ६ ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

पहिलो विकेटका रुपमा ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल पाँचौं ओभरको अन्तिम बलमा ७ रन बनाएर आउट भए। अर्का ओपनर दिलीप नाथ १९ रन बनाएर आउट भए। उनले ४९ बल खेल्दा ३ चौका प्रहार गरे।

आरिफ शेखले फेरि पनि राम्रो ब्याटिङ गर्न सकेनन्। उनी ६ रनमा आउट भए। कप्तान पारस खड्का १७ रन बनाएर खेलिरहँदा कालीमुल्लाहबाट बोल्ड भए। उनले ४२ बल खेल्दा १ चौका प्रहार गरे।

नेपालको रन स्कोरलाई गति दिने प्रयास गरेका दीपेन्द्रसिंह ऐरी २० रनमा पेभेलियन फर्के। उनले ३२ बल खेल्दा ३ चौका हिर्काए। लगत्तै बसन्त रेग्मी १ रनमै आउट भए।

१ सय ११ रनमा शरद भेषावकर सातौं विकेटका रुपमा आउट भए। उनले २२ रनको योगदान दिए। ३२ बल खेलेका उनले ३ चौका प्रहार गरे। रोहितकुमार पौडेलले १४ रन बटुले। उनले ४२ बल खेल्दा १ चौका हिर्काएका थिए।

सोमपाल कामीले नटआउट १७ रनको योगदान गरे। करण केसी ४ रनमा रनआउट भए। सन्दीप लामिछाने शून्य रनमा बोल्ड भए।

यसअघि नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो। अब नेपालले आइतबार तेस्रो खेलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ।

डिभिजन–२ को शीर्ष २ भित्र पर्ने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com