काठमाडौं, २६ माघ । आइसिसी वल्ड क्रिकेट लिग डिभिजन दुइअन्तर्गत भएको दोस्रो खेलमा नेपालले ओमानलाइ एक सय ३९ रनको लक्ष दिएको छ।
टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ४६ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन जोड्यो।
नेपालको लागि शरद भेषावकरले सर्वाधिक २२ रन बनाए। दीपेन्द्रसिह एेरी २०, दीलिप नाथ १९ र पारस खड्का १७, सोमपाल कामीले १७ र रोहित पौडेलले १४ रन बनाए।
ज्ञानेन्द्र मल्ल सात,आरिफ शेख सात र बसन्त रेग्मी एक रनमा आउट भए।
नेपालले पहिलो विकेटका लागि १० दोस्रोको लागि २८ तेस्रोका लागि १५ र पाँचौ विकेटका लागि ३६ रनको साझेदारी गर्यो।
ओमानका यी बलरहरु नेपालका लागि भारी बने
ओमानका बलर कालीमुल्लाह एक्लैले चार विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै २८ रन खर्चिए ।
कालिमुल्लाहले नेपालका महत्वपूर्ण ब्याट्सम्यानलाइ आउट गरेका थिए। उनले उपकप्तान ज्ञानेन्द्र मल्ल कप्तान पारस खड्का रोहित पौडेल र आरिफ शेखलाइ आउट गरेका हुन्।
टोलीलाइ पहिलो सफलता कालिमुल्लाहले दिएका थिए। टोलीको सबैभन्दा किफायती बलर बिलाल खान बने।
उनले नौ ओभरमा एक मेडन राखेर १३ रन खर्चदै दुइ विकेट लिएका थिए।
शरदलाइ आउट गर्दै उनले सातौ विकेटका लागि नेपालको १८ रनको साझेदारी तोडेका थिए।
नेपालले पहिलो खेलमा बिहीबार नामिबियालाइ एक विकेटले हराएको थियो।
प्रतिक्रिया दिनुहोस्