ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलको द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली उद्दारको पर्खाइमा, घाइते नौ मध्ये दुई जनाको अवस्था गम्भीर


एबीसी न्यूज

काठमाडौ २१ असोज । इजरायलको द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली उद्दारको पर्खाइमा रहेका छन् । इजरायलमा हमास समूहको आक्रमणमा परेर नौ जना नेपाली घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम विश्वविद्यालयबाट बिएस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एण्ड अर्न कार्यक्रम अन्तरगत ११ महिनाका लागि इन्टर्न गर्न इजरायल गएका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयका ४९ जना गएको भदौ २७ गते इजरायल गएका हुन् । उनीहरु द्वन्द्व प्रभावित क्षेत्रमा छन् । उनीहरु रहेको क्षेत्र द्वन्द्वग्रस्त गाजा क्षेत्रबाट नजिकै छ । यो क्षेत्र हमास समूहको नियन्त्रणमा छ । परराष्ट्रले मन्त्रालयले इजरायलमा रहेको नेपाली दूतावास आक्रमण प्रभावित क्षेत्रमा रहेका नेपालीसँग निकट सम्पर्कमा रहेको र उनीहरुको सुरक्षा तथा उद्धारका साथै उपचारका लागि पनि इजरायली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको जनाएको छ ।यस्तै, त्यहाँ रहेका सबै नेपालीलाई सतर्क रहन तथा सम्बद्ध अधिकारीले दिएका सुरक्षा उपायको अक्षरसःपालन गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

परराष्ट्र मन्त्रालयले इजरायलमा रहेको नेपाली दूतावासको टेलीफोन नम्बर ९७२९००३५१६८०८५, तथा राजदूत कान्ता रिजालको नम्बर ९७२५४५८६४४२३, प्रथम सचिव अर्जुन घिमिरेको ९७२५२८२८९३०० र इमेल मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।सरकारले इजरायलमा भएको आक्रमणको भत्सर्ना गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ । हमास समूहको आक्रमणमा परी इजरायलका २ सय ५० जना भन्दा धेरैको ज्यान गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com