सर्लाही, २६ माघ । जिल्ला स्तरीय खेलाडी छनौट का लागी सर्लाहीमा सुरु भएको फुटवल प्रतियोगितामा आज दुई खेल हुँदैछ ।
जिल्ला फुटवल संघ सर्लाहीको आयोजनामा लालबन्दी ६ स्थित खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।
उद्घाटनको अवसरमा बिहीबार फुलजोर यूवा क्लव बलयवास र बागमती यूवा क्लव बागमती वीच भएको प्रतिष्पर्धामा फुलजोरलाई १ का विरुद्ध ५ गोल गर्दै बागमती विजयी भएको छ ।
१५ टिमको सहभागिता रहेको प्रतियोगिता फाल्गुन ४ गते सम्म चल्ने बताइएको छ । प्रतियोगिताका विजेता टिमले नगद २० हजार र उपविजेताले नगद १० हजार पुरस्कार हात पार्ने छन् ।
प्रतिक्रिया दिनुहोस्