ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिकट काटिसकेका डाक्टरहरुलाई उतारेर माओवादी नेताहरूले चढे समिट एयर


abc tv

नेपालगन्ज । नेकपा माओवादी केन्द्रका नेताहरुलाई चढाउनुपर्ने भएपछि नेपालगन्ज आउन लागेका १६ जना डाक्टरहरु मुगुमै रोकिएका छन् ।

माओवादी केन्द्रका उपमहासचिव मातृका यादवसहितका नेताहरू मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउने भएपछि टिकट काटिसकेका चिकित्सकहरु रोकिएका हुन् ।

समिट एयरका स्टेसन म्यानेजर महेन्द्र भामले भिआइपीको लागि सिट जरूरी परेकाले पाँच जना चिकित्सकलाई लैजान नसकिने बताएका थिए।

त्यसपछि समूहमा रहेका सबै चिकित्सक आउन नमानेका हुन्। चिकित्सकहरूलाई त्यहीँ छाडेर अहिले विमान मुगुबाट उडिसकेको छ।

माओवादी उपमहासचिव यादवसहित कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाह र प्रकाशबहादुर शाहीका लागि सिट मिलाउनुपर्ने भएकाले सबैलाई लान नसकिने जानकारी पाएको चिकित्सहरूले बताएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरूदण्डसम्बन्धी गोष्ठी र अन्तरक्रियाका लागि चिकित्सकको टोली गत शुक्रबार जुम्ला गएको थियो।

टोलीमा डा विमल पाण्डे, डा व्यापक पौडेल, डा सुरज बज्रचार्य, डा गौरव ढकाललगायत छन्।

‘हामीले दुई हप्ताअघि नै आउनजाने (टु वे) को टिकट काटेका थियौं। हाम्रो १६ जनाको समूह रहेको छ। समूहमा आजै शल्यक्रिया गनुपर्ने बिरामीसमेत हुनुहुन्छ। पाँच जनालाई यहीँ छाड्ने बताएपछि हामी कोही पनि गएनौं। जहाजचाहिँ उडिसकेको छ,’ एक चिकित्सकले भने।

यसबारे हामीले चिकित्सकलाई टिकट मिलाइदिने नेपालगञ्ज विमानस्थलमा रहेका चक्र न्यौपानेसँग कुराकानी गरेका थियौं।

उनले पूर्वमुख्यमन्त्री (महेन्द्रबहादुर शाही) लगायतबाट अनुरोध आएकाले केही चिकित्सकलाई सिट नपुगेको बताए।

‘पूर्व मुख्यमन्त्रीसहित नेताहरूको आजै दोलखा जानुपर्ने रहेछ। जरूरी पर्‍यो भनेपछि चिकित्सकको टोलीलाई भोलि ल्याउने भनेका हौं,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com