ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसियाडमा जानुअघि रोहितको टिप्पणी : कति पटक भनौँ, सरकारको पुरस्कार हात लागेको छैन


एबीसी न्यूज

काठमाडौं, ७ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको बताएका छन्।

एसियाडमा सहभागी हुन चीन उड्नुअघि आइतबार काठमाडौंमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार अझै हात नलागेको बताए।

अझै पनि आफूहरु आउँछ भन्नेमा आशावादी रहेको उनले बताए। एसियाड गेमका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको उनले बताए।

पौडेलले एसियन खेलकुदलाई लिएर सबैजना उत्साहित रहेको बताउँदै आफूहरुको लक्ष्य मेडल जित्ने उल्लेख गरे।

उनले कुनै पनि टोलीलाई कमजोर नठानी खेल्ने प्रतिवद्धता जनाए। उनले यस गेमले टी २० विश्वकप छनोटका लागि पनि सहयोगी भुमिका खेल्ने बताए।

‘तयारी अहिले राम्रो भइरहेको छ। अन्तिम १५ दिन यता हामी अभ्यासमा नै व्यस्त छौँ। एशियन गेम्सलाई लिएर सबैजना एक्साइटेड हुनुहुन्छ। हाम्रो मेन लक्ष्य मेडल जित्नै नै हो। त्यसका लागि जस्तो टिम भए पनि प्रोसेस हामीले फलो गर्नुपर्छ। टी २० मा जे पनि हुनसक्छ’, उनले भने, ‘त्यसमा सबैजना जानकार हुनुहुन्छ। टी २० क्वालिफायर भन्दा अगाडि टुर्नामेन्ट खेल्न पाएका छौँ। हामी टी २० का लागि तयार छौँ।’

उनले घाइते ललित राजवंशीलाई आफूहरुले मिस गरिरहेको बताए। ‘ललितलाई हामीले गेममा मिस गर्नेछौँ। वान डेमा पनि उहाँको ठूलो योगदान थियो। टी २० मा डेथ ओभर एकदमै महत्वपूर्ण हुन्छ’, उनले भने, ‘जुन टिमले डेथ ओभरमा बेटर बलिङ गर्छ, त्यसैले जित्छ। त्यसका लागि हामी मेहनत गरिरहेका छौँ।’

सरकारले घोषणा गरेको रकम आफूले पटक पटक हात नलागेको बताइसकेको उनले स्पष्टीकरण दिए। अझै पनि आफूहरु आउनेमा आशावादी रहेको बताए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com