ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिन्ता तीजको दरमा हैन, भल्गर संस्कृतिले उल्का ल्याउनुमा हो कि ?


शारदा शर्मा
भाद्र ३०, २०८० शनिबार  ८ : ०७ बजे

बर्षदिनमा एकदिन मनाउने चाड अहिले आएर महिनौं मनाउने मात्र होइन, विकृतपूर्ण भयो भनेर प्रश्नहरु उठिरहेका छन् । बर्षदिनको यो चाड तीजमा केटा मान्छेहरुको सहभागितालाई हेर्ने पनि फरक फरक धारणा छ । लगाई ,पहिरन,गित र अहिलेका नाचहरुको बिषयले मौलिकता बोकेको यो पर्ब कतै बिसर्जन हुने त हैन भन्ने चिन्ता पनि कतिलाई छ । खासमा पहिला के हो र अहिले के भयो, के हुनुपर्ने भन्ने बिषयमा धेरै थारिका बहस गर्लान् । तर हामीले सामान्य रुपमा बुझ्दा पनि कतिपय सवालमा स्वतन्त्रताको नाममा स्वच्छन्दता मौलाएको पक्कै पनि हो ।

हिजो महिलाहरु बाहिर निस्कन नहुने, महिलाहरुको कुनै आर्थिक हैसियत पनि नहुने र सानैमा बिहे गरिदिने भएकाले एक बर्षमा आफ्ना छोरीचेली उनीहरुका घरमा लिन पठाइ माइत बोलाएर मिठो मसिनो खुवाउने चलन थियो । तर त्यो बिस्तारै बदलिएको छ । हरेक क्षत्रमा महिलाहरुको पहुँच बढेको छ । जसको कारण उनीहरु आफ्ना इच्छा र चाहानाहरु पुरा गर्न सक्ने भएका छन् । सासुले बुहारीलाई असाध्यै दमन गर्ने परिपाटी पनि बदलिएको छ । यसको मतलब सबै पुरा भए भन्ने हैन ।त्यो नभए पनि पहिला जस्तो अवस्य छैन । त्यसैले पनि महिला दिदी बहिनीहरु मिलेर अलि पहिल्यैबाट रमाइलो गर्नुलाई अस्वभाविक नभनिहालौं ।

पाटी प्यालेसमा दर खाइयो भन्ने कुरा छ । त्यस्मा पनि महिलाहरुले घरमा आफुलाई काम गर्न, पकाउन पर्दा अरुसंग बोल्न पनि नपाइने, अलिकति खर्च गर्दा रमाइलो गर्न पाइने भएर पाटी प्यालेसमा गर्ने कुरालाई पनि पोजेटिभ रुपमै बुझौ । तर जुन गीत छन्, तिनमा मच्याइने उत्पातै किसिमका नचरीहरु छन् घरमा बसेर छोराछोरी बाबुआमाले संगै हेर्न सकिंदैन । अनि गितका शब्दहरु जति भल्गर हुंदै जान्छन्, बजारमा तिनको ब्यापार त्यति नै बढेको देखिन्छ ।तिनलाई नियमन गर्ने कुनै निकाय पनि छैन । केटा मान्छेरु सहभागि नभै चाडबाड मनाउने कुराको कल्पना पनि नगरौं । पहिला पहिला पनि दाजुभाइ दिदी बहिनीलाई लिन जाने, घरमा ल्याउने, सबै ब्यवस्था गरिदिने र गित गाउंदा मादल बजाइदिने गर्दथे । बा, दाजुभाइ बिनाको तीजको कल्पना गर्न पनि सकिंदैन । त्यसैले गित पनि बाको दाजुभाइको तर्फबाट पनि चेलीहरुले नै गाइने गरिन्थ्यो । सबै कुरालाई नेगेटिभ रुपमा पनि नलिऔं।

तर अहिले बजार खुला छ । हरेक कुरालाई ब्यापारिक रुपले हेर्ने गरिन्छ ।समाजिक भनिएका असामाजिक संजालको बढ्दो प्रयोगले भल्गर कुराहरुलाई प्रसय दिएको छ । राम्रो खालको गित बनाए पनि मार्केट राम्रो हुन्छ । तर भल्गर प्रकारका शब्द संगितहरुले त्यहांभन्दा बढी तहल्का पिट्छन् । जसको कारण सन्जालको ब्यापारमा लागेका र स्वतन्त्रतालाई स्वच्छन्दताको रुपमा बुझेकाहरुले तीज जस्तो रमाइलो र महत्वपूर्ण चाडलाई बिकृत बनाएको छ । महिलाहरुले स्वतन्त्रताको नाममा जुन प्रकारको भद्धा प्रहसन गरिहरेका छन् त्यसले समाजलाई लज्जित बनाएको पक्कै हो । केटा मान्छेहरुले जे पनि गर्न हुने हामीले गर्ननहुने ? भन्ने जुन प्रकारको मानसिकताकसाथ हामी स्वतन्त्रताको ब्याख्या गरिरहेका छौं, यसले समाजमा पक्कै पनि राम्रो गरेको छैन । त्यसैले निम्त्याएको हो यो अवस्था पनि । रमाइलो गर्ने दिदी बहिनीहरु जम्मा भएर खानुले भन्दा पनि पहिरन, गहना र ,प्रतिस्प्पर्धा कारण यो चाड अलि भद्धा अवस्य देखिएको छ । देशभरीमा महिलाको संख्या ५१ प्रतिशत भन्दा बढी छ, ती मध्ये कतिले यस्तो प्रकारको हर्कत गरेका होलान ? दुर्इ चार जनाको कारण समग्र महिलाहरु माथि प्रश्न चिन्ह उठाउनु राम्रो हुंदैन । समाजमा भद्र, सभ्य र अनुशासित मानिसहरु पनि छन् र यही समाजमा अश्लिल अपराधिक मानसिकता बोकेका मानिसहरु पनि छन् । पहिला त हामी मानिस बनौं ।

केटा मान्छेले रक्सी खांदा केही नभन्ने हामीले एक दिन यसो रमाइलो गरौं भन्दा कुरा काट्ने भन्नु भन्दा त्यस्तो कुरा मानिसहरुले गर्नु राम्रो हैन भनेर बुझन जरुरी छ । समाजमा पहिला हामी मानिस हौं । मानिसले गर्ने गल्ती कमजोरीको बिषयमा बहस हुन जरुरी छ । हामीले हाम्रो काम कर्तव्य र क्षमताको बहस गरेर प्रतिश्प्रधा गर्न जरुरी छ । तर घरमा खाना कस्ले पकाउने, लुगा कस्ले धुने, चिया तैंले पकाउने की मैले पकाउने ? भन्नेकुरामा बिबाद र बहस गरेर, भात नपकाएर रेष्टुरेन्टमा खान जांदैमा स्वतन्त्रता प्राप्त हुंदैन । न हामीले रक्सी खांदैमा, न खैनी चुरोट खांदैमा । त्यो त मानिसहरुको लागि खराब कुरा हो । के गर्ने, नगर्ने मानिसहरुले बुझ्ने कुरा हो । अहिले हाम्रो मानसिकता यसरी बदलिएको छ की हामी महिला हामीसंग पैसा छ किन हामीले उनिहरुले गर्ने हर्कत गर्न नहुने ? केटा मानिसले धेरै बिहे गर्ने हामीले किन गर्न नहुने, हामी किन हिंड्न नहुने ? यस्ता कुरामा प्रतिस्पर्धा गर्न थालेपछि, यस्ता कुरामा मानिस भड्किन थालेपछि मुख्य ऐजेन्डाहरु ओझेलमा पर्नेरहेछन् र समाज छाडा बन्न जाने रहेछ । सायद यसैको उदाहरण हो हामीले अहिले संजालभरी देखिएको भल्गर दृश्यहरु पनि ।

जीवनलाई सहज बनाउन के गर्ने ,कसरी खुसी रहने , हामीले निर्माण गरेको समाजमा हामीले गरेका कामहरु हाम्रो अधिल्लो पुस्ताले सिकेर समाज सभ्य र अनुशासित बनाउन सहयोग पुगोस् भन्नेमा हामी सचेत बनेर काम गर्न सकियो भने हामीले हाम्रो समाज वरिपरिको वर्गको बिषयमा पनि बुझ्नेछौं । जब हामीले विषयलाइ राम्रोसंग बुझेर अगाडि बढ्छौ हामीले खाने दर र रमाइलो गर्ने तीजको कुरामा यतिधेरै डिबेट पक्कै हुनेछैन ।

हरेक कुरालाई जिम्मेवारपूर्वक लिने स्थायी राज्य संरचनाको निर्माण भयो भने पनि यस्ता कुराहरु नियन्त्रणमा आउंछन । महिला दिदीबहिनीहरुको दर खानु भन्दा पनि दरको नाममा अरुलाई देखाइ दिने प्रतिस्पर्धा अनि अश्लिलतालाई स्वतन्त्रता भनेर बुझ्ने अर्धबुझाइको कारण यो अवस्था सिर्जना भएको हो । यस्ता विषयमा थोरै मात्र ध्यान दिन सकियो भने अझै पनि तीज रमाइलो पर्व र सबै मिलेर गक्ष (क्षमता) अनुसार मनाउने सभ्य र भब्य चाडको रुपमा हाम्रा पुस्ताहरुलाई हस्तान्तरण गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मिडियाले नरसंहारलाई कसरी ‘बेचिरहेको’ छ? : गाजा संहारको कथा

जनतालाई न्याय दिन अध्यादेश ः रास्वपा नेता, आले । भिडियो

सम्बन्धित

मिडियाले नरसंहारलाई कसरी ‘बेचिरहेको’ छ? : गाजा संहारको कथा

विपक्षीले छाडेनन् अवरोध दोस्रो बैठक पनि स्थगित

एमाले नेता थापाको रास्वपालक्षित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

राष्ट्रिय सभामा काँग्रेसको प्रश्नः प्रधानमन्त्रीले अपनत्व नै नलिएको नीति तथा कार्यक्रममाथि छलफल किन गर्ने ?

सरकारसँग सांसदहरुको मागः किसानलाई मलको अभाव नहोस्, अवरुद्ध चिया निर्यात सहज गरियोस्

सरकारलाई सांसद अधिकारीको प्रश्तावः विश्वको सर्वोच्च शिखर सगरमाथाको शीतलतालाई मुलुकको अर्थतन्त्रको बलियो आधार बनाऔं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com