ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किम र पुटिनबीच दुई घन्टा कुराकानी भयो ।


एबीसी न्यूज

काठमाडौं, २७ भदौ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनबीच भेटवार्ता भएको छ। द न्युयोर्क टाइम्सका अनुसार बुधबार सुदूरपूर्वी रूसको अमुर क्षेत्रको भोस्तोच्नी कस्मोड्रोममा पुटिन र किमबीच दुई घन्टा कुराकानी भएको हो।

किमसँगको भेटअघि संवाददातासँग कुरा गर्दै पुटिनले रकेट प्रविधिमा किमले अत्याधिक चासो देखाएका कारण कस्मोड्रोममा भेटघाट हुन लागेको बताएका थिए।

वउनउनले किमसँग सबै विषयमा कुराकानी हुने बताएका थिए। पुटिन(किम वार्तामा उत्तर कोरियाको स्याटेलाइट कार्यक्रमको विकासबारे कुरा भएको बताइएको छ। कुराकानीका क्रममा उत्तर कोरियाली शासक किमले रूसले पश्चिमा साम्राज्यवादीविरूद्ध लडिरहेको लडाइँमा आफ्नो पूर्ण साथ रहेको बताएका थिए।

विगत १८ महिनादेखि रूस र युक्रेनबीच युद्ध भइरहेको छ। उक्त युद्धका लागि रूससँग हतियार कम हुँदै गएको र पुटिन(किम भेटमा उत्तर कोरियाले रूसलाई हतियार दिने सम्झौता हुन सक्ने दक्षिण कोरिया र अमेरिकाका अधिकारीहरू बताएका छन्।

डडद्दटद्दघ(ण्ज्ञ(ण्द्द(ज्ञटढद्धछढछद्दघड।वउनपुटिन र किम दुबै जनाले पश्चिमा मुलुकको प्रतिबन्ध खेपिरहेका छन्।

सन् २०२२ मा छिमेकी युक्रेनमाथि आक्रमण गरेका पुटिनलाई अहिले अन्तर्राष्ट्रिय अपराध अदालत ९आइसिसी०ले पक्राउ पुर्जी जारी गरेको छ।

वउनपक्राउ पर्ने डरले पुटिन दक्षिण अफ्रिकामा भएको ब्रिक्स र भारतमा भएको जी(२० को सम्मेलनमा सहभागी भएका थिएनन्।

किम जोङ उन ४ वर्षपछि विदेश भ्रमणमा निस्किएका हुन्। उनी गत आइतबार राजधानी प्योङयाङबाट रेल चढेर रूसतिर लागेका थिए।

दुई दिनको रेलयात्रापछि उनी मंगलबार रूसको अमुर क्षेत्रमा पुगेका थिए। उत्तर कोरियाली शासक उन बिरलै विदेश भ्रमण गर्छन्। विदेश भ्रमणमा जाँदा उनी रेलमा यात्रा गर्छन्।  रेलमा किन यात्रा गर्छन् उत्तर कोरियाली शासक

संसारभरिका नेता समय र सुविधाका कारण हवाइजहाज र हेलिकोप्टरमार्फत् यात्रा गरिरहेका बेला उन किन यातायातको पूरानो साधनमा यात्रा गर्छन्रु के उनको रेल विशेष छरु

अमेरिकी समाचार पत्र न्यूयोर्क टाइम्सका अनुसार किमको शासनजस्तै रेलको चलन पनि हजुरबुवाबाट बुवा हुँदै उनीसम्म आइपुगेको हो।

उत्तर कोरियामा शासन गर्ने किम तेस्रो पुस्ताका नेता हुन्। सन् १९५० को दशकमा दुई कोरिया छुट्टिएपछि उनका हजुरबुबा किम इल सङ शासक बनेका थिए। उनै सङले रेलबाट विदेश जाने चलन ल्याएका हुन्। सन् १९८४मा सङ रेलमै पूर्वी युरोप गएका थिए।

त्यसलाई उनका छोरा किम जोङ इलले पनि निरन्तरता दिए। इलको सन् २०११ मा रेल यात्राकै क्रममा हृदयघात भएर निधन भएको बताइन्छ।

तेस्रो पुस्ताका उनले पनि आफ्नो पहिलो विदेश भ्रमण रेलबाटै गरे। इललाई हवाइजहाज यात्रा मन पर्दैनथ्यो। उनी हवाइ यात्रा गर्न डराउँथे।

सन् २००२ मा उनी तीन हप्ता लामो रूस यात्रामा गएका थिए।  किमले चढ्ने रेलबारे सबै जानकारी खुपिया एजेन्सीका रिपोर्ट, यसमा चढेका मानिसका सम्झना र मिडियामा आएका समाचारमा आधारित हुन्।

रेलबाट इलले झन्डै दर्जन विदेश भ्रमण गरेका थिए तीमध्ये धेरै पटक उनी चीन आएका थिए। रेलमा संसारका सबैभन्दा महंगा वाइन राखिएको हुन्छ। यहीभित्र बार्बिक्यू पनि गर्न मिल्छ।

केही वर्षअघि मार्चमा बेइजिङ आएको उनको रेलमा २१ डब्बा थिए। ती सबै हरिया रङका थिए। सबैका झ्यालमा कालो शिशा थियो ताकि बाहिरबाट भित्र को बसेको छ भन्ने कसैले नचिनून्।

सन् २००९ मा दक्षिण कोरियाका सञ्चारमाध्यमले सार्वजनिक गरेको समाचारअनुसार किमको सुरक्षामा ९० डब्बा हुन्थे।

इल कुनै यात्रामा निस्कँदा एकैपटक तीन रेल दौडन्थे। त्यसमध्ये पहिलोमा सुरक्षा दस्ता हुन्थ्यो। जसले अघिल्लो स्टेशनको सुरक्षा चेक जाँच गर्थ्यो। दोस्रो रेलमा इल हुन्थे। तेस्रोमा थप सुरक्षाकर्मी र अन्य सामग्री हुन्थे।

रेलका हरेक डब्बा बुलेट प्रुफ हुन्छन्। सामान्य रेलको तुलना धेरै तौल हुने भएकाले यसको गति कम हुन्छ। यो रेल प्रतिघन्टा ३७ माइल ९झन्डै ६० किलोमिटर० सम्म कुद्छ। यही रेलका लागि उत्तर कोरियामा २० वटा छुट्टै स्टेशन बनाइएको छ।

उत्तर कोरियाली सञ्चारमाध्यमले कहिलेकाहीँ रेलभित्र सवार आफ्ना नेताका तस्बिर पनि सार्वजनिक गर्छ। सन् २०१५ मा किम जोङ उन एक टेबलमा बसेको तस्बिर सार्वजनिक भएको थियो। रेलको त्यो डिब्बा कन्फ्रेन्स हलजस्तो देखिन्थ्यो।

सन् २०११मा उनका बुवा पनि यस्तै गरी बसेको भिडियो सार्वजनिक भएको थियो। इल चढेको रेलको अफिसका लागि प्रयोग गरिने डिब्बालाई अहिले टेबल र कम्युटरसहित प्योङयाङस्थित एक संग्रहालयमा राखिएको छ।

सन् २०११ मा इलसँगै यात्रा गरेका रूसी अधिकारी कोन्स्टान्टिन पुलिकोभ्की११ले रेलमा रसियन, कोरियन, चाइनिज, जापानिज र फ्रेन्च खाना पाइने उल्लेख गरेका छन्।

अल्छी लागेमा इललाई मनोरञ्जन दिने महिलाहरू पनि रेलमै हुन्थे। तिनीहरूलाई लेडी कन्डक्टर भनिन्थ्यो। उनले आफ्ना बुवाजस्तै लेडी कन्डक्टर रेलमा राख्छन् कि राख्दैनन् भन्नेचाहिँ खुलेको छैन।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com