ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसको पवित्र लडाइँ’लाई सघाउँछौँ : किम


abc

काठमाडौं, २७ भदौ । उत्तर कोरियाली नेता किम जोङ उनले युक्रेनविरुद्ध रुसको युद्धमा पूर्ण र निसर्त सहयोग गर्ने वचन दिएका छन्। यसलाई उनले ‘साम्राज्यवादविरुद्धको पवित्र लडाइँ’ समेत भनेका छन्।

रुसको सुदूर पूर्वमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटका क्रममा किमले मस्कोसँगको सम्बन्ध आफ्नो एक नम्बरको प्राथमिकता भएको पनि स्पष्ट पारे।

‘रुस आफ्नो सार्वभौमसत्ता र रक्षाका निम्ति प्रभुत्वशाली शक्तिसँग पवित्र लडाइँ लड्न खडा भएको छ,’ दोभाषेमार्फत किमले पुटिनलाई भने, ‘हामी राष्ट्रपति पुटिन र रुसको नेतृत्वको निर्णयलाई सधैँ समर्थन गर्नेछौँ। र, यो साम्राज्यवादविरुद्धको लडाइँमा हामी साथमा हुनेछौँ।’

गत चार वर्षमा किम र पुटिनबीचको यो दोस्रो भेट हो। २०१९ मा पनि किमले रुसको यात्रा गरेका थिए। कोरोना महामारीपछि यो उनको पहिलो विदेश यात्रा पनि हो।

उनीहरुबीच हतियारका विषयमा सम्झौता हुने आकलन गरिएको थियो। अहिले रुसलाई तोपका गोला लगायत हतियारको आवश्यकता छ।

त्यसैगरी उत्तर कोरियालाई स्याटलाइट प्रविधिको खाँचो छ। गत केही महिनामा जासुसी स्याटलाइट प्रक्षेपण गर्ने उत्तर कोरियाको प्रयास दुई पटक असफल भइसकेको छ।

पुटिनले उत्तर कोरियालाई स्याटलाइट निर्माणमा साउने बताइसकेका छन्।

किम रेल चढेर रुस पुगेका थिए। आफैँले रेलमा ल्याएको लिमोजिन चढेर वार्तास्थल पुगेका थिए। वार्तास्थल वोस्तोच्नी कस्मोड्रोम बन्दरगाह सहर भ्लादिभोस्तोकबाट ६० किलोमिटर टाढा पर्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालगञ्जमा अनिश्चितकालको लागि कर्फ्यु :

नेपालगञ्जमा धार्मिक सद्भाव भड्केको भन्दै ,सदनमा उठ्यो आवाज

सम्बन्धित

नेपालगञ्जमा अनिश्चितकालको लागि कर्फ्यु :

नेपालगञ्जमा धार्मिक सद्भाव भड्केको भन्दै ,सदनमा उठ्यो आवाज

नेपाल ‘फ्युचर पोलिसी अवार्ड’ बाट सम्मानित

काठमाडौँबाट चिनियाँ नागरिकसहित तीनजना पक्राउ, दोलखामा ११ किलो तस्करीको सुन :

दिल्लीमा न्युजक्लिकमा आबद्ध पत्रकारको घरमा, दिल्ली प्रहरीको छापा

यो वर्ष पनि लम्बियो मनसुन, दशैँसम्मै पानी पर्ने सम्भावना कस्तो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com