काठमाडौं । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आगामी बिहीबार बिहान ११ बजे गरिने भएको छ।
नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता समेत रहेका नेम्वाङको पार्थिव शरीरलाई आज बेलुकी ५ बजेसम्म र भोलि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ।
नेम्वाङको अन्त्येष्टिका दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै अन्त्येष्टिका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।
यस्तै, सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय पनि गरेको छ।
नेम्वाङका दुबै छोरा विदेशबाट फर्किने क्रममा रहेकाले अन्तिम संस्कार बिहीबार गर्न लागिएको हो। उहाँको सोमबार राति हृदयघातका कारण घरमै निधन भएको थियो।
प्रतिक्रिया दिनुहोस्