ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानको केन्द्रीय सचिवमा उम्मेदवारी दिने पारसको तयारी, अध्यक्षमा चतुरलाई समर्थन


abc

काठमाडौ २२ भदौ । नेपाल क्रिकेट संघ क्यानको बागमती अध्यक्षमा निर्वाचित भएका राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्काको नजर अब केन्द्रीय निर्वाचनतिर छ । आउँदो ५ र ६ असोजमा हुने क्यानको केन्द्रीय अधिवेशनमा पारसले सचिव पदमा उम्मेदवारी दिने आन्तरिक तयारी गरेका छन् ।क्यानको विधानअनुसार प्रदेश वा जिल्लाको पदाधिकारीले केन्द्रीय कार्यसमिति र पदाधिकारीमा पनि चुनाव लड्न रोकटोक छैन ।

त्यसैले बाग्मतीको अध्यक्ष हुँदा हुँदै पारसले केन्द्रमा पनि जुनसुकै पदमा लड्न सक्छन् । उनलाई धेरैले केन्द्रीय अध्यक्षकै आकांक्षीका रूपमा समेत हेरेका छन् ।तर, निकट स्रोतका अनुसार पारस यसपालि अध्यक्षमा लड्ने छैनन् । अर्कोपालि क्यानको नेतृत्व लिने मार्गचित्रसहित यसपटक सचिवमा लड्ने मनस्थिति बनाएको स्रोतको भनाइ छ ।हालका अध्यक्ष चतुरबहादुर चन्दले पुन क्यानमा दोहोरिने चाहना व्यक्त गरेका छन् ।

क्यानको जिल्ला र प्रदेश संरचनामा चन्दको बलियो पकड पनि छ । त्यसैले पारसले उनीसँग जुध्नेभन्दा अहिले मिलेर जाने रणनीति लिएका हुन् ।स्रोतले भन्यो, ‘उहाँले अन्तिम कार्यकालका लागि अध्यक्षमा चन्दलाई नै समर्थन गर्नुहुन्छ । चन्द अध्यक्ष र पारस सचिव हुने गरी प्यानल उम्मेदवारी दिने तयारी छ ।’क्यानमा अध्यक्षपछिको प्रभावकारी पदका रुपमा सचिव ९सक्रेटरी० लाई लिइन्छ । सचिवले प्रवक्ताको भूमिका पनि पाउँछन् ।

४ वर्ष बागमती अध्यक्ष र केन्द्रीय सचिवको ओहदामा रहेर क्रिकेट राजनीतिमा भिजिसकेपछि पारसले अर्को कार्यकालमा अध्यक्ष बन्ने उनको योजना हो । यद्यपि, उनले आधिकारिक घोषणा गरिसकेका छैनन् । साथीभाइहरूसँग सल्लाह गरेर निर्णय लिने बताउँदै आएका छन् ।क्यानको केन्द्रीय चुनावमा अध्यक्षका लागि चतुरबाहेक अर्को आकांक्षी अहिलेसम्म देखिएको छैन । अलिअघि हालका कोषाध्यक्ष रोशन सिंहले चाहना देखाएका थिए ।

आन्तरिक तयारी पनि गरेका थिए । तर, अहिले उनी ‘ब्याक’ भएका छन् । कार्यसमितिमा सम्मानजनक स्थान पाएमा अध्यक्ष चन्दलाई नै समर्थन गर्ने उनको पनि रणनीति छ ।पारस र सिंह दुवैको समर्थन पाउँदा चन्द क्यानको अध्यक्षमा पुनः निर्वाचित बन्ने सम्भावना बलियो बन्छ । सातमध्ये ५ वटा प्रदेशको समर्थन चतुर(पारसलाई हुनेछ ।

सुदुरपश्चिम र कर्णाली प्रदेशले चन्दलाई समर्थन गरेका छन् । कोशी, गण्डकी र बागमतीको पनि ठूलो हिस्साको भोट आउने अपेक्षा चतुर(पारस पक्षलाई छ । कुल ८५ जना मतदातामध्ये ५० देखि ५५ मत जित्ने आँकलन चतुरले गरेका छन् ।यता राजनीतिक नेतृत्व पनि उनलाई दोहोर्याउने पक्षमा रहेको बुझिन्छ ।

चन्द कांग्रेस नेता पनि हुन् । कोरोनाका कारण चार वर्षको कार्यकालमा राम्ररी काम गर्न नपाएकाले उनलाई फेरि मौका दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सकारात्मक रहेको बताइन्छ ।

क्यानको चुनावमा प्रत्येक जिल्लाबाट आउने एक(एक प्रतिनिधि, प्रदेशहरूले मातहतका जिल्लाको संख्याभन्दा आधा संख्यामा पठाउने प्रतिनिधि, हालको केन्द्रीय समितिका सबै सदस्य, अम्पायर संघका एक प्रतिनिधि र प्रशिक्षक संघका एक प्रतिनिधिले भोट हाल्न सक्छन् । अम्पायर र प्रशिक्षक संघका प्रतिनिधिलाई चुनाव लड्ने अधिकार भने हुँदैन । तर, केन्द्रीय कार्यसमितिका सदस्यले चाहेमा फेरि कुनै पदमा लड्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा

सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति

सम्बन्धित

क्रिकेट खेल्न चीन गए सन्दीप लामिछाने

साफ यू १९ च्याम्पियनसिप : मालदिभ्सविरुद्ध नेपाललाई २-० को अग्रता

साफ यू–१९ च्याम्पियनसिपमा आज नेपालले माल्दिभ्ससँग खेल्दै ।

मुद्दाको सुनुवाइ स्थगन भएपछि सन्दीप चीन जाने टिकट लिइयो

एसियाडमा जानुअघि रोहितको टिप्पणी : कति पटक भनौँ, सरकारको पुरस्कार हात लागेको छैन

एसियाली खेलकुदको उद्‌घाटन समारोह २ घन्टा चल्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com