ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उहिले र अहिलेका शासक कसरी छुट्याउने होला ?


टंक कार्की

टिप्पणी : उहिले उहिले सत्तासिन राणाजीहरु नाती पनातिहरुलाई समेत श्रीपेच लगाई दिन्थे र दुनियादारलाई सजिलो हुन्थ्यो कि यी खास्सा राणा जी हुन् । पन्चायत कालमा राजा तक्मा बांड्न थालेc। ठुलो तक्मा बडामहारानी, युवराज हुँदै सत्ताको प्रोटोकल पछ्याउँथ्यो । अहिले पनि राजाकै सिको गरिंदै छ । तक्माको नाम न फरक हो, पुरानो रक्सि नयाँ बोतलमा त हुने नै भयो र दिने शासक, पाउने नाता गोता र चाकरहरु, कति गज्जब !
प्रसिद्ध फ्रान्सेली इतिहासकार अलेक्सिस टकभिलले फ्रान्सेली क्रान्ति (१७८९) को बडो शिक्षाप्रद समिक्षा गरेका छन् । उनले भनेका छन्, क्रान्तिपछि त्यहाँ पुरानो शासन प्रणालीको भग्नावशेषभित्रै स्वेच्छाचारिताको हित साँध्न तिनको (पुराना संस्था) को खोजी गरियो । विगतमा तिनले त्यस्ता आनी बानी, मनोभाव र विचार उत्सर्जन गरेका थिए जस्ले मानिस मानिस बीच विभाजन गरेर आर्फूप्रति वफादार हुन सजिलो बनाउँथ्यो । ति सबको पुनर्थापना गरियो र कृयाशिल बनाइयो । पुरानोबाट केन्द्रीयकरण सापट लिइयो र नयाँमा प्रत्यारोपण गरियो । जब यो काम फत्ते गरियो पूर्ववर्ति शासनको बेलामा भएका शक्ति नियन्त्रणका यावत बन्देजहरु पुनर्जीवित होइन, चकनाचुर बनाइयो । तव भने अलिक अघि राजतन्त्र उखेलेको राष्ट्रको छातिमा यस्तो सत्ताको प्रादुर्भाव भयो जो हामीले भोगेका कुनै पनि राजतन्त्रले उपयोग गरेको भन्दा अझ विराट, विस्तृत र निरंकुश थियो । जे जस्तो हर्कत भयो त्यो पत्याउनै गाह्रो हुने खालको, जोडजबरजस्त र अभुतपूर्व सफल थियो । यो किन पनि यस्तो भयो भने मानिसहरु आफ्नो आँखाको अघिल्तिरको मात्रै देख्थे र अतितलाई चटक्कै बिर्सिदिन्थे । तानाशाह त ढल्यो तर त्यसका कुकर्मको एउटा ठुलो हिस्सा भने ज्युँक त्युँ रह्यो । उसको प्रशासनिक प्रणालीले उसको शासनलाई भने जस्ताको तस्तै राख्यो र तबदेखि नै जहाँ जहाँ निरंकुश शासन उखेल्ने कोशिस भए त्यहाँ त्यहाँ गुलामी शरीरमा स्वतन्त्रताकी देवीको शिर प्रत्यारोपण गर्ने काम मात्रै भयो

१७८९ को फ्रान्सेली क्रान्ति नवोदित पुँजिपति वर्गले सामन्तवाद र सामन्तवादी शासन प्रणालीको विरुद्धमा गरेको आजसम्मको सबभन्दा जबरजस्त, निर्मम, संझौताहीन र निर्णायक क्रान्ति थियो । क्रान्ति आफैमा एक दशक जारी रह्यो ्र यसले अभुतपूर्व र आमुल सामाजिक तथा राजनीतिक परिवर्तन ल्यायो । राजातन्त्रको समुल नष्ट गर्‍यो र मुलुकमा धर्मनिरपेक्ष लोकतान्त्रिक गणतन्त्रको स्थापन गर्यो । यस क्रान्तिले पहिलो पटक मानव इतिहासमा स्वतन्त्रता, समानता र भातृत्वको नारा वुलन्द गर्यो ।
फ्रान्समा सामन्तवादको अन्त्य र पुँजीवादको प्रारम्भको सिलसिलाबारेमा एङ्गेल्सले एउटा रोचक झाँकी प्रस्तुत गरेका छन् – ‘जव फ्रान्सको क्रान्तिमा उ बेलाका दार्शनिकहरुले भन्ने गरेको जस्तो विवेकपूर्ण राज्य र सद्भावपूर्ण ९जबचmयलष्यगक० समाज फलिभूत भयो, त्यसबेला नयाँ संस्थाहरु पुरानो व्यवस्थाको तुलनामा जतिसुकै विवेकपूर्ण भएपनि पूर्णतः विवेकपूर्ण चाहीं हुन सकेनन् । विवेकको राज्य पूर्णतः नष्ट भयो। रुसोको सामाजिक सम्झौतामा निर्मित भनिएको राज्य अन्ततः आतङ्कको राज्यमा परिणत भयो र आफ्नो राजनीतिक योग्यतामा विश्वास गर्न छोडीसकेको पुँजीपति वर्गले यस आतङ्कबाट बच्न भ्रष्टाचारमा सहारा खोज्यो र अन्ततोगत्वा नेपोलियनको एकतन्त्रीय शासनको सहारा लिन पुग्यो। अपेक्षित शास्वत शान्ति आक्रामक युद्धहरुको अनन्त शृङ्खलामा परिणत भयो। सद्भावनायुक्त समाजको अवस्था पनि यस्तै रह्यो। सम्पूर्ण जनताको समृद्धि प्राप्त गर्नुपर्नेमा धनी र गरिवहरुका बीचको प्रतिपक्षता उग्र बन्न पुग्यो। सामन्ती बन्धनबाट वस्तुतः प्राप्त भईसकेको सम्पतिको स्वतन्त्रता ससाना उद्योगपति र किसानहरुको लागि ठुल्ठुला पुँजीपति र जमिन्दारहरुसँगको प्रतिस्पर्धामा थिचिएकाको आफ्नो अल्प–सम्पति ठुल्ठुला स्वामीहरुलाई बेच्ने स्वतन्त्रता मात्रै ठहरियो। यसप्रकारले ससाना पुँजीपति र किसानको हकमा भने सम्पतिको स्वतन्त्रता भनेको सम्पतिबाट बन्चित हुने स्वतन्त्रता बन्नपुग्यो। पुँजीवादी आधारमा उद्योग धन्दाको विकासले श्रमजीवी जनताको दरिद्रता र दुर्गतिलाई समाजको अस्तित्वको कडी बनाईदियो। एकपछि अर्को वर्ष अपराधको संख्या बढ्दै गयो।

पहिले सामन्ती व्यभिचारको नाङ्गो नाच देखिन्थ्यो भने अब त्यसको ठाउँमा पुँजीवादी व्यभिचार खुल्लम खुल्ला बढ्न थाल्यो। व्यापारमा जालझेल झन्झन्न बढ्न थाल्यो। वन्धुत्वको क्रान्तिकारी नारा प्रतिस्पर्धाको लडाईमा हुने छलकपट र घाँटी कोराकोरमा देखिन थाल्यो। सत्ता प्रयोगद्वारा गरिने दमनको ठाउँ भ्रष्टाचारले लियो। अब सामाजिक सत्ताको मूल हतियार तरबारको साटो पैसा बन्यो। सुहागरातको अधिकार सामन्ती मालिकहरुको हातबाट फुत्केर पुँजीवादी कारखाना मालिकहरुको हातमा पुग्यो र वेश्यावृत्ति अभुतपुर्व रुपमा बढ्यो्र’ लाग्छ, टकभिल र एंगेल्स हाम्रो आजको इतिहासमा पनि कलम चोब्दै थिए, यसैले होला समाजशास्त्रलाई विज्ञान भनिएको, सत्ताको अन्तर्निहित दुर्गुण के भने त्यसले संविधानमा जनतामा सार्वभौम सत्ता लिपिवद्ध गरे पनि त्यसले जनताको विवेक र शक्तिलाई भुसुना जति पनि गन्दैन। त्यसो भए पछि त्यसले यहाँ व्यभिचारलाई पुरुषार्थुको आफ्नो क्यालेण्डर बनाउँछ। शरम धरम केहीले छुंदैन, यो सांस्कृतिक सामन्तवाद हो, प्रणाली आफैमा पर्याप्त हुने रहेनछ, त्यससँग सङ्गती राख्ने विचार, संरचना र संस्था पनि चाहिंदा रहेछन्। त्यति मात्रै होइन, लोकतन्त्र चुनाव मात्रै होइन, लोकतन्त्र सुहाउँदो संस्कृति पनि हो उहिले र अहिलेका शाकस कसरी छुट्याउने होला ? आगामी शासकहरुको निम्ति मार्ग दर्शन र बाठा र जिम्मेवारहरूले अघिल्लो पिंढीको भुल दोहोर्याउदैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com