ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ राजदूतलाई सचेत गराउन संसदीय समितिको परराष्ट्रमन्त्रीलाई निर्देशन


ABC NEWS

काठमाडौं २१ भदौ । चिनियाँ राजदूत छन सङले नेपाल(भारत व्यापारका विषयमा दिएको अभिव्यक्तिका सम्बन्धमा सोधपुछ गरेर सचेत गराउन परराष्ट्र मन्त्रालयलाई संसदीय समितिले निर्देशन दिएको छ ।

बिहीबार बसेको संसद अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले यसै विषयमा जानकारी लिन परराष्ट्रमन्त्री एनपी साउदलाई बैठकमा बोलाएको थियो ।

बैठकमा समितिका अधिकांश सदस्यले चिनियाँ राजदूत छनको अभिव्यक्तिको विरोध गर्दै सचेत गराउनु पर्ने धारणा राखेको थिए । बैठकको अन्तिममा समिति सभापति राजकिशोर यादवले निर्देशन दिँदै यस विषयमा परराष्ट्र मन्त्रालयले राजदूतसँग सोधपुछ गरेर सचेत गराउन निर्देशन दिए ।

‘नेपाल सार्वभौम मुलुक हो । के गर्ने नगर्ने भन्ने निर्णय नेपालको आन्तरिक हो’, समिति सभापति यादवले भने, ‘चिनियाँ राजदूतले सार्वजनिक रूपमा दिएको अभिव्यक्ति के हो भन्ने बारे परराष्ट्र मन्त्रालयले सोधपुछ गरेर सचेत गराउनु निर्देश गर्दछु ।’

परराष्ट्रमन्त्री साउदले आफू काठमाडौँ बाहिर रहेकाले यस विषयमा पर्याप्त जानकारी नभएको जवाफ दिएका थिए ।

चिनियाँ राजदूत छेनले गत शनिबार फाउन्डेशन अफ ट्रान्स हिमालयन रिसर्च एन्ड स्टडिज नामक संस्थाले शनिबार काठमाडौँमा आयोजना गरेको ‘विश्व अर्थतन्त्रमा चीन र नेपालमा यसको प्रभाव’ शीर्षकमा आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्ने क्रममा भारत र नेपालको व्यापार सम्बन्धमाथि नकरात्मक टिप्पणी गरेका थिए ।

‘यो आर्थिक वर्षको पहिलो एक महिनामा ९एक वर्षमा होइन० भारतबाट कति सिरिज आयात भयो थाहा छ रु तपाईंले भारतबाट सात अर्ब नेपाली रुपैयाँको ठूलो आयात गर्नुभयो । त्यसोलाई १२ ले गुणन गर्नुहोस् । १० अर्ब मात्रै होइन, भारतबाट प्रत्येक वर्ष सैयौँ अर्ब नेपाली रुपैयाँको कृषि उपज आयात हुने गरेको छ’, उनले भनेका थिए, ‘त्यसैले नेपाल सरकारलाई मैले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएको थिएँ । त्यो धेरै महत्त्वपूर्ण छ । साथै, तपाईंसँग धेरै बलियो औद्योगिक आधार छैन । तपाईंको उत्पादन क्षेत्र जीडीपीको १४ प्रतिशतबाट अहिले १० प्रतिशत भन्दा तल झरेको छ ।’

यस विषयमा विवाद बढ्दै गएपछि समितिले परराष्ट्रमन्त्रीलाई बैठकमा बोलाएर जानकारी माग गरेको थियो ।

नक्साको विषय पनि स्पष्ट पार्न माग

प्रधानमन्त्रीको भ्रमणको तयारी चलिरहेकै बेला चीनले जारी गरेको नक्सामा नेपालले संसदबाट जारी गरेको नयाँ नक्सालाई नसमेटेको विषयलाई लिएर पनि असन्तुष्टि चुलिएको छ ।

तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नक्सा जारी भएलगत्तै छिमेकी लगायत सबै अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको बताएका थिए । तर त्यसको केही दिनपछि नै परराष्ट्र मन्त्री साउदले सम्बन्धित शाखामा बुझ्दा जानकारी गराउन पत्र पठाएको नभेटिएको बताएका थिए ।

दुई मन्त्रीबीच एउटै विषयलाई लिएर फरक-फरक धारणा सार्वजनिक भएपछि समितिले यसबारेमा जानकारी माग गर्न साउदलाई समिति बैठकमा बोलाएको थियो । समितिका सदस्यहरूले पनि मन्त्री साउदसँग स्पष्ट पार्न माग गरेका छन् ।

PRC Ambassador to Nepal
Chen Song

समिति बैठकमा उपस्थित मन्त्री साउदका साथै परराष्ट्र सचिव भरतराज पौड्यालले नक्साबारे जानकारी पठाएको नभेटिएको स्पष्ट पारे । ‘म मन्त्री भइसकेपछि मैले सम्बन्धित शाखामा बुझ्दा कसैले पनि जानकारी पठाएको भेटिएन’ पूर्वपराष्ट्रमन्त्री ज्ञवालीको टिप्पणीलाई इंगित गर्दै साउदले भने, ‘पठाएको तथ्य भए ल्याए हुन्छ । म खुसी नै हुनेछु ।’

उनले चीनको नक्साबारे विज्ञप्ति जारी गरेरै कूटनीतिक माध्यमबाटै समस्या समाधान गर्न तयार रहेको जानकारी नेपाल सरकारले दिइसकेको बताए ।

एमाले सांसद भीम आचार्यले आरोप-प्रत्यारोप गर्नुभन्दा चीनले के आधारमा नक्सा नसमेटिएको हो भनेर बुझेर अघि बढ्नुपर्ने बताए । ‘चीनले प्रकाशन गरेको नक्सामा हाम्रो नक्सा किन समेटिएन भनेर सोध्नुपर्छ’ उनले भने, ‘चीनले के जवाफ दिन्छ त्यसको आधारमा हामी अघि बढ्नुपर्छ ।’

माओवादी सांसद पुनले पनि नक्साको विषयमा कहाँ कमजोरी भएको हो भनेर समितिलाई जानकारी गराउन माग गरे । ‘नक्साको तथ्य के हो ? हामीले सर्वसम्मत जानकारी गरेको हो कि होइन ?’ पुनले भने, ‘कहाँ कमजोरी भएको हो समितिलाई जानकारी गराइयोस् ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com