ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साफ यू–१६ च्याम्पियनसिप : भारतलाई जित्नैपर्ने दबाबमा नेपाल


abc

काठमाडौ भदौ २० । भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिप अन्तर्गत नेपालले समूह चरणमा आफ्नो दोस्रो खेलमा बुधबार भारतविरुद्ध खेल्दैछ ।खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुनेछ ।तीन टोली सम्मिलित समूह ‘ए’ को पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएपछि भारतविरुद्धको खेलमा नेपाल गर या मरको स्थितिमा छ ।

समूह चरण पार गर्न नेपालले भारतलाई जित्नैपर्ने दबाब छ । भारतसँग बराबरी वा हारले नेपाल समूह चरणबाटै बाहिरिनेछ ।यस समूहमा भारत र बंगलादेशको समान ३ अंक छ । बंगलादेशले दुवै खेल खेलिसकेको छ ।

यदि नेपालले भारतलाई हराएको अवस्थामा भने तीनवटै टोलीको समान अंक हुनेछ र यस्तोमा हेड टु हेड र गोलअन्तर निर्णायक बन्नेछ ।भारत साविक विजेता समेत हो भने नेपाल साविक उपविजेता हो । गत वर्ष श्रीलंकामा भएको संस्करणमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । त्यसबेला नेपालले समूह चरणमा भारतलाई ३–१ ले पराजित गरेको थियो तर फाइनलमा भने ४–० ले पराजित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गठबन्धनको सरकार देशका लागि दुर्भाग्य हो : अध्यक्ष ओली

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

सम्बन्धित

एसियाली खेलकुदको सेमिफाइनलमा, नेपाली पब्जी टिम:

विमल घर्तीमगर अष्ट्रेलिया पलायन

टिभीको रिचार्ज किन्न जाँदा दीपेन्द्रका बुवालाई पसलेले भने– तपाईंका छोराले त विश्व कीर्तिमान बनाए

क्रिकेटर भीम सार्कीलाई स्नातक अध्ययन गर्न फिनिक्स कलेजले दियो पूर्ण छात्रवृत्ति

ब्याडमिन्टनमा नेपालको पुरुष टिम विजयी

टी-२० आईमा नेपालले एकै खेलमा बनायो ७ रेकर्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com