ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली टोलीलाई रविन्द्र जडेजाको प्रशंसा– नेपालको बलियो पक्षबारे थाहा थिएन


एबीसी न्यूज
भाद्र १९, २०८० मंगलबार  १ : ०५ बजे

काठमाडौं, १९ भदौ । भारतीय क्रिकेट टिमका अलराउन्डर रविन्द्र जडेजाले एसिया कप–२०२३ मा नेपालले भारतविरुद्ध ब्याटिङमा निकै राम्रो सुरुआत गरेको बताएका छन् ।

सोमबार श्रीलंकाको क्यान्डीमा सम्पन्न खेलमा भारतले नेपालविरुद्ध १० विकेटको जित निकाल्दै सुपर फोरको यात्रा तय गरेको थियो । खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालले ९।४ ओभरमा विकेट नगुमाई ६५ रन बनाउँदै उत्कृष्ट सुरुआत गरेको थियो ।

नेपालले भारतविरुद्ध ४८।२ सबै विकेट गुमाएर २३० रनको योगफल खडा गरेको थियो । तर, दोस्रो इनिङ्सको सुरुआतमै वर्षा भएपछि भारतले डकवर्थ लेविस पद्दति डीएलएस अनुसार २३ ओभरमा १४५ रनको लक्ष्य पाएको थियो ।

जसलाई भारतलाई २०।१ ओभरमा विकेट नगुमाई भेट्टायो । नेपालको सुरुवाती ब्याटिङमा प्रभावित बनेका जडेजाले पहिलोपटक खेलिरहेकाले नेपाली टिमको बलियो पक्षबारे जानकारी नभएको बताए ।

“नेपालसँग पहिलो पटक खेल्दै थियो । उनीहरुका ब्याटरले कहाँ कुन सट खेल्छन्, उनीहरुको बलियो पक्ष के हो भन्ने थाहा थिएन । पहिलो १० ओभरमा उनीहरुले निकै राम्रो सुरुवात गरे । पहिलो पटक खेलिरहेकाले उनीहरुबारे केही थाहा थिएन । यही भयो, उनीहरुले पहिलो १० ओभरमा राम्रो सुरुआत पाए । तर, स्पिनरमा म र कुलदीप आएपछि हामीले थोरै खेललाई नियन्त्रणमा ल्यायौं,” जडेजाले भने ।

नेपालविरुद्ध तीन विकेट लिएका जडेजाले खेलपछि नेपाली खेलाडीहरुलाई ठूलो खेल भनेर अनावश्यक दबाब नलिन पनि सुझाए ।

“उनीहरुले कुनै ठूलो खेलअघि तपाईंको रुटिन के हुन्छ भनेर सोधिरहेका थिए । मैले उनीहरुलाई म साधारण रुटिन नै राख्छु, गीत सुन्छु, ठूलो टिमसँग खेल्दै छु भनेर अनावश्यक दबाब आफूमा नराख्न भनेँ । आफ्नो सामान्य रुटिनलाई नै फलो गर्न भनेँ,” जडेजाले थपे ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

सम्बन्धित

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com