ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ड्राइभिङ स्कूलका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री


एबीसी न्यूज

काठमाडौं, १८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ड्राइभिङ स्कूलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन्।

ड्राइभिङ स्कूल संघ, नेपालका पदाधिकारीहरूले पेस गर्नुभएको ज्ञापनपत्र आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित एक कार्यक्रमबीच बुझ्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।

उनले मन्त्रालय र विभागमार्फत यस क्षेत्रमा विद्यमान समस्याका बारेमा छलफल अगाडि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे।

ड्राइभिङ स्कूल संघले प्रधानमन्त्री समक्ष पेस गरेको ज्ञापनपत्रको पूर्णपाठः

सम्माननीय प्रधानमन्त्री ज्यू
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवार
काठमाण्डौ, नेपाल

बिषयः ज्ञापन पत्र सम्बन्धमा ।

महोदय
प्रस्तुत विषयमा देशमा विद्यमान रहेको वेरोजगार समस्याहरुको हल होस् तथा सवारी दुर्घटना न्युनिकरण भई धनजनको क्षतिहुनबाट बचाउने उद्देश्यका साथ हामी ड्राइभिङ्ग स्कुल संचालकहरुले ड्राइभिङ्ग सीप सिकाउने समान उद्देश्यका व्यवसायीहरु मिलेर विधिवत रुपमा ड्राइभिङ्ग स्कुल संघ नेपाल दर्तागरी यस संघको छातामा रहेर नेपाल सरकारका बिभिन्न निकायमा दर्ता तथा अनुमति लिई ड्राइभिङ्ग स्कुल संचालन गर्दै आएको कुरा अवगत गराउदछौं। वेरोजगार युवा युवतीहरुलाई सवारी चालक प्रशिक्षण गराई स्वदेश तथा विदेशमा समेत रोजगार सृजनागराउदै देशको आर्थिक अवस्थालाई मजबुत बनाउन आवश्यक वातावरण बनाई थप शसक्त रुपमा अगाडि बढाउने लक्ष्य सहित हाम्रो ड्राइभिङ्ग स्कुल संघले तपशिल बमोजिमका समस्याहरुलाई समाधानको वातावरण बनाई विद्यमान अवस्थामा रहेका ऐन नियम संशोधन गर्नुपर्ने भए ऐन नियम संशोधन गरी कार्यन्वयन गरिदिनुहुन सम्माननिय प्रधानमन्त्री समक्ष जोडदार माग गर्दछौं।

तपसिल
१० सवारी चालक अनुमति पत्र ९लाईसेन्स० को आवेदन दर्ता गर्दा ड्राइभिङ्ग प्रशिक्षण केन्द्रबाट तालिम लिएको प्रमाण पत्र पेश गर्नुपर्ने प्रावधान सरकारले खारेज गर्दा दक्ष सवारी चालकको उत्पादनमा कमि आई अत्याधिक दुर्घटना भएर धनजनको ठुलो क्षति भईरहेकोले सवारी चालक अनुमति पत्र लिनको लागी ड्राइभिङ्ग तालिम तथा सिकेको प्रमाण पत्र अनिवार्य गराइयोस्।
२० सवारी चालक प्रशिक्षण केन्द्रको लागि प्रशिक्षण कार्यमा प्रयोगहुने सवारी साधनहरुमा पनि निजि तथा सामुदायिक विद्यालय सरह भन्सार शुल्कमा छुट तथा सवारी साधनहरुको रंग एउटै हुने व्यावस्था मिलाइयोस्।
३० सबै प्रशिक्षण केन्द्रहरुले प्रशिक्षण प्रयोजनको लागि छुट्टा छुट्टै प्रशिक्षण स्थल बनाई प्रयोग गर्दा अत्याधिक मात्रामा खेती योग्य जमिन मासिने भएकोले प्रशिक्षण स्थल साझा रुपमा प्रयोग गर्न पाउने व्यावस्था गराइयोस्।
४० विदेशको तुलनामा नेपालमा सावरी साधन बाट अत्यधिक दुर्घटना हुने हुदा यहाँका ड्राइभिङ्ग प्रशिक्षण केन्द्रहरुलाई समय समयमा यस सम्बन्धी तालिम, अध्ययन, लागी स्वदेश तथा बिदेश अवलोकन गर्ने प्रावधान मिलाईयोस।
५० सवारी चालक अनुमति पत्र सम्बन्धी परीक्षा तथा अन्य निति नियम र नियमावली सम्बन्धी कार्यमा ड्राइभिङ्ग स्कुल संघको तर्फबाट पनि बिज्ञको प्रतिनिधित्व हुने व्यावस्था मिलाइयोस्।
६० ड्राइभिङ्ग प्रशिक्षण केन्द्र दर्ता नविकरण प्रत्येक ५÷५ वर्षमा नविकरण गर्ने व्यवस्था मिलाईयोस्।
७० सवारी चालक अनुमति पत्र नविकरणको म्याद ५ वर्षको सट्टा त्यसलाई १० वर्षको नविकरण हुने व्यावस्था मिलाइयोस्। साथै विदेशमा रहेको नेपालीहरुलाई विदेशबाट नै नविकरण गर्न मिल्ने व्यवस्था गराईयोस्।
८० ड्राइभिङ्ग प्रशिक्षण केन्द्र दर्ता तथा नविकरण गर्दा नेपाल सरकारबाट अनिवार्य गरिएको मेकानिकल सुपरभाईजर र मेकानिकल इन्जिनियर आवश्यक नभएकोले सो ब्यवस्था हटाइयोस्।
९० दर्ता नविकरण नभएका व्यक्ति, समुह बाट पनि ड्राइभिङ्ग प्रशिक्षणको कार्य गराई रहेको र यसमा राज्यमौन रहेको हुदा दर्ता नविकरण गरी राज्यलाई कर तिर्ने व्यवसायीको व्यवसाय धरापमा परेकोले यस्तो कार्यको अनुगमन गरी त्यस्ता व्यक्ति, समुहहरुलाई तुरुन्त कारवाही गरियोस्।
१०० सवारी चालक अनुमती पत्र नयाँ तथा नविकरण, प्रतिलिपि, वर्ग थप गरेको १,२ वर्षसम्म पनि सवारी चालक अनुमती पत्र वितरण नभएकोले यस कार्यलाई सबै प्रदेश कार्यलय मार्फत प्रिन्ट गराई यसलाई एक हप्ताभित्रमा नै दिने व्यवस्था मिलाईयोस्।
११० सवारी चालक अनुमती पत्रको लिखित परिक्षामा असफल भएपश्चात ९० दिनसम्म परिक्षामा सहभागी हुन नपाउने व्यवस्थाको अन्त्य गरियोस्।
१२० लिखित परिक्षा दिई उतिर्ण भईसकेका प्रशिक्षार्थीहरुलाई प्रयोगात्मक परिक्षा असफल भए एक वर्ष भित्रमा राज्यको राजस्व बुझाई जति पटक पनि प्रयोगात्मक परिक्षा दिन पाउने ब्यबस्था गरियोस ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com