ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले अध्यक्ष ओलीसँग अमेरिकी सिनेटरको प्रश्नः शान्ति प्रक्रियाका बाँकी काम के हुँदैछ ?


ABC NEWS
भाद्र १७, २०८० आईतबार  ६ : २३ बजे

काठमाडौँ १७ भदौ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनले भेट गरी शान्ति प्रक्रियाको बाँकी कामबारे चासो राखेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आइतबार अपरान्ह भएको भेटमा अमेरिकी सिनेटर होलेनले शान्ति प्रक्रियाका बाँकी काम कसरी अघि बढ्छ भन्ने सोधेका थिए ।

‘नेपालको प्रक्रिया कसरी के हुन्छ भन्ने विषयमा जिज्ञासा रहेको थियो । दुई देशबीचमा रहेको सम्बन्ध अझै समुधुर हुँदै गएकोमा उहाँको आशावादी टिप्पणी थियो’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘शान्ति प्रक्रिया हाम्रो सरकारको हुदाँ नै यसलाई टुंगोमा पुर्‍याउने प्रयास गरेको कुरा प्रष्ट राख्नु भयो । यो अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालत र विस्तृत शान्ति सम्झौता अनुसार शान्ति प्रक्रिया पीडित मैत्री हुनेगरी टुंगोमा पुग्नु पर्छ ।’
केही समयदेखि टिआरसी सम्वन्धी विधेयक एमालेको कारण अड्कीरहेको छ ।

भेटमा अध्यक्ष ओलीले शान्ति प्रक्रियामा टुंगोमा पुग्न लागिरहेको जानकारी गराएका थिए । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कोअपरेसन ९एमसीसी०सँग भएको सम्झौता कार्यान्वयन सुरु भएकोमा अमेरिकी सिनेटर होलेनले खुसी व्यक्त गरेका थिए ।

होलेन गत शुक्रबार नेपाल आएका हुन् । होलेन अमेरिकी संसद्को विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य हुन् । उनले तीनै मुलुकका प्रमुख सरकारी अधिकारीहरू, नागरिक समाज संगठनहरू, उद्योगी, सम्बन्धित मुलुकमा दूतावासका कर्मचारीहरू र प्रत्येक राष्ट्रमा काम गर्ने अमेरिकीहरू र मेरील्यान्डका व्यक्तिहरुसँग ५० भन्दा बढी भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com