ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गैरआवासीय नेपालीहरुले गरे टाइगर प्यालेस रिसोर्टको स्वामित्व खरिद गरेको घोषणा


abc

काठमाडौँ । रुपन्देहीको भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्ट बिक्री भएको छ । अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुपको लगानी रहेको पाँच तारे रिसोर्ट एक महिनाअघि नै हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले खरिद गरेको हो । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत टाइगर प्यालेसका अध्यक्ष वुद्धिसागर सुवेदीले केही गैरआवासीय नेपालीहरुले अष्ट्रेलियन कम्पनीको सिल्भर हेरिटेज लिमिटेडमा भएको सबै शेयरहरु खरिद गरेको जानकारी दिए ।
‘सिल्भर हेरिटेज ग्रुपले आफ्नो सहायक कम्पनी सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा लगानी गरेको र हामी गैरआवासीय नेपालीहरुले संयुक्त राज्य अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंक मार्फत सिल्भर हेरिटेज लिमिटेडमा भएको अष्ट्रेलियन कम्पनीको सबै शेयर खरिद गरेको हुँदा टाइगर प्यालेस रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमा हस्तान्तरण हुन आएको छ ।’ अब नयाँ व्यवस्थापनसहित टाइगर प्यालेस रिसोर्ट सञ्चालन गरिने उनले बताए । उनका अनुसार अहिले पनि रिसोर्ट सामान्य रुपमा सञ्चालनमै रहेको र क्यासिनोसहित पूर्णरुपमा सेवा दिन भने अझै केही समय लाग्नेछ ।

उनका अनुसार अष्ट्रेलियन कम्पनीले सो रिसोर्ट सञ्चालन गर्न तथा क्यासिनो व्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब ५ अर्ब रुपैयाँ लगानी गरेको थियो । रिसोर्ट र त्यसमा सञ्चालित क्यासिनोमा करिब एक हजार जना नेपालीले प्रत्यक्ष रोजगारी पाएका थिए । तर, कोभिड महामारी र रिसोर्ट सञ्चालनको क्रममा देखिएको आन्तरिक विवादका कारण केही वर्षदेखि रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन नसकेको सुवेदीले बताए ।

जसका कारण नेपालीले रोजगारी गुमाउनुका साथै सरकारको करोडौं राजस्व पनि गुम्दै गएको थियो । यस्तै रिसोर्टले नेपालका बैंकलाई तिर्नु पर्ने साँवा, ब्याजको दायित्व पनि तिर्न सकिरहेको थिएन । ‘प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको यो रिसोर्ट परियोजना बन्द हुने अवस्थामा पुगेको र विदेशमा समेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने सूचना पाए पछि हामी विदेशमा बस्ने केही गैर आवासीय नेपालीहरुले अष्ट्रेलियन कम्पनीको सिल्भर हेरिटेज लिमिटेडमा भएको सबै शेयरहरु खरिद गरेका हौँ’, उनले भने । नेपाल सरकारले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने नीति लिएको भए पनि अपेक्षित विदेशी लगानी आउन नसकेको अवस्थामा आफूहरुले विदेशमा दुःख गरेर कमाएको आर्जनलाई मातृभूमिमा लगानी गरी पर्यटन उद्योग मार्फत देश विकासमा टेवा पुर्‍याउने प्रयत्न गरेको सुवेदीले बताए ।

‘पर्यटनको प्रचुर सम्भावना भएर पनि टाइगर प्यालेस रिसोर्ट जस्ता ठुला लगानीका पर्यटन उद्योगहरु धराशायी हुने बाटोतर्फ उन्मुख हुनु राष्ट्र, पर्यटन क्षेत्र र लगानीकर्ताका लागी सुखद होइन’, उनले भने, ‘नेपालको आर्थिक विकासका लागि पर्यटन उद्योगको अहम् भूमिका भएकोले हामी केही गैरआवासीय नेपालीहरुले यो रिसोर्टमार्फत पर्यटन क्षेत्रको विकासमा एउटा इँटा थप्न चाहेका छौं । हाम्रो सानो कोशिसले बन्द हुनै लागेको रिसोर्ट सञ्चालन भई नेपालमा रोजगारी सृजना गर्न तथा पर्यटन उद्योग मार्फत मुलुकको आर्थिक विकासमा योगदान गर्ने कोशिषस्वरुप टाइगर प्यालेस रिसोर्टमा लगानी गरेका हौं ।’

रिसोर्ट १५ मिलियन अमेरिकी डलरमा कारोबार भएको सुवेदीले बताए । तर, रिसोर्टमा भएको बैंक ऋणको दायित्व लगायतका अन्य व्यवसायीक दायित्वहरु र हालसम्म भएको नोक्सानीको अवस्थालाई हेर्दा रिसोर्ट सञ्चालन गर्न ठूलो रकम थप लगानी गर्नुपर्ने देखिएको सुवेदीले बताए ।

आफूहरुले गरेको प्रारम्भिक अध्ययनबाट करिब ४ अर्ब नेपाली रुपैयाँ खर्च गर्नुपर्ने देखिएको सुवेदीले बताए । ‘रिसोर्टको लगानीकर्ता अष्ट्रेलियन कम्पनी आफैं आर्थिकरुपमा धरासाही ऋण लगानीकर्ताले रिसभरहरु नियुक्त गरेको थियो । सो कम्पनीको नेपालको सबै लगानी नोक्सानीमा गएका, टाइगर प्यालेस रिसोर्ट पनि बन्द हुने अवस्थामा पुगेको र बैंकहरुको ऋणको बोझ थाम्न नसक्ने अवस्थामा पुगेको अवस्थामा सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा गरेको लगानी र नेपालको व्यवसायसमेतलाई हेरी १५ मिलियन अमेरिकी डलरमा कारोबार भएको हो’, उनले भने । रिसोर्टको सेयर खरिद विक्री विदेशमै भएको बताइएको छ ।

पत्रकार सम्मेलनमा कर्पोरेट लयर महेश थापाले विदेशमा बस्ने गैरआवासीय नेपालीहरुले अमेरिकामा खडा गरिएको लगानी कम्पनीमार्फत अष्ट्रेलियन कम्पनीको शेयर खरिद गरेको भएपनि यस कारोबारबाट नेपालमा कुनै करको दायित्व सृजना भएमा प्रचलित कानून बमोजिम लाग्न सक्ने कर राजस्वको दायित्व कानूनले दिएको म्यादभित्र तिर्ने बुझाउने स्पष्ट पारे । अब नेपालमा गर्नुपर्ने सबै कानुनी प्रक्रिया पुरा गरेर सञ्चालनमा ल्याइने बताइएको छ । यस्तै रिसोर्टको जग्गा लगायतका केही विषयमा भने अझै पनि अदालतमा मुद्दा विचाराधीन रहेको छ । सबै विषय कानुनसम्मत टुंगिएर सहजरुपमा व्यवसाय गर्ने सकिने कम्पनीको विश्वास छ । यो परियोजना सफल रुपमा सञ्चालन हुँदा गैरआवासीय नेपालीहरुमा लगानी गर्ने विश्वास पैदा हुने र प्रत्यक्ष वैदेशिक लगानीको वातावरण बन्ने समेत रिसोर्टको विश्वास छ । टाइगर प्यालेस रिसोर्ट पूर्णरुपमा संचालन हुँदा एक हजारभन्दा बढी नेपालीले प्रत्यक्ष रोजगारी पाउने बताइएको छ । यस्तै नेपाल सरकारले पाउने राजस्व वृद्धि हुनुको साथै पर्यटन उद्योगमार्फत मुलुकको आर्थिक समुन्नतिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । रिसोर्ट सञ्चालकहरुका अनुसार पुरानो कम्पनीको बैंकको ऋण दायित्व समेत करिब २ अर्ब नयाँ व्यवस्थापनमा सरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हुम्लाबाट मानसरोवरसम्म पर्यटक लग्न चीनसँग सैद्धान्तिक सहमति– प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डको कैलाश-मानसरोवर यात्रा (फोटो फिचर)

सम्बन्धित

एमाले बागमती अधिवेशन– सहमतिका लागि फेरि संशोधन गरियो निर्वाचन कार्यतालिका

क्रिकेटर भीम सार्कीलाई स्नातक अध्ययन गर्न फिनिक्स कलेजले दियो पूर्ण छात्रवृत्ति

चिताबाट युवतीको शव नियन्त्रणमा , पतिसहित ३ जना पक्राउ

देवघाटमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता

नेपालबाट सहायक कामदार इजरायल पठाउन सरकारले गर्यो तयारी

घट्यो सुनको भाउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com