काठमाडौं, २३ माघ । भ्रष्टाचारको अभियोग लागेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माको घरमा मंगलबार नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युष्टि पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन् ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २२ महादेव खोला टोलका वासिन्दा रहेका चुडामणिको घरमा विप्लवका कार्यकर्ताले ढुंगामुडा गर्दा घरको सिसाहरुमा क्षति पुगेको छ ।
कर फछ्र्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्तिदेखि एनसेल बिक्री करमा छुट लगायत विवादीत मुद्दामा पक्राउ परेका शर्मा हाल धरौटीमा रिहा रहेका छन् । स्थितीलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ ।


शर्मा आन्तरिक राजस्व विभागको निलम्बित महानिर्देशक हुन् ।







प्रतिक्रिया दिनुहोस्