ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाणिज्य बैंकहरूको नाफा ७० अर्बभन्दा बढी


एबीसी न्यूज
श्रावण २१, २०८० आईतबार   १ : ३६   बजे

काठमाडौं, २१ साउन ।  देशका २० वटै वाणिज्य बैंकले गएको आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणानुसार २० वाणिज्य बैंकले ७० अर्ब १७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यी बैंकको नाफा औसत २४।९५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८र७९ को अन्त्यसम्म यी बैंकहरूले ५६ अर्ब १७ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

वित्तीय विवरणानुसार गएको वर्ष सर्वाधिक नाफा कमाउने र वृद्धि गर्नेमा नबिल बैंक अगाडि छ । यो बैंकले उक्त अवधिमा सात अर्ब ५२ करोड ७१ लाख रुपैयाँ नफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो बैंकले चार अर्ब २५ करोड ६० लख रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो बैंकको नाफा ७६।८६ प्रतिशले वृद्धि भएको हो ।
बढी नाफा गर्नेमा दोस्रोमा ग्लोबल आइएमई बैंक लिमिटेड छ । यो बैंकले सात अर्ब २५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । तर, अघिल्लो वर्षको तुलनामा यो बैंकको नाफा ४६ प्रतिशतले मात्र वृद्धि भएको छ ।

प्रतिशतको हिसाबमा सर्वाधिक नाफा वृद्धि गनर्मो दोस्रोमा स्ट्यान्डर्ड चार्टर्ड बैंक छ । यो बैंकले ५६।२७ प्रतिशतले नाफा वृद्धि गरेको छ । यो बैंकले तीन अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ ।

कुमारी बैंक र प्राइम कमर्सियल बैंकको भने नाफा घटेको छ । अघिल्लो वर्षको तुलनामा यी दुई बैंकको नाफामा कमी आएको हो । कुमारी बैंकको नाफा २४।१४ प्रतिशतले घटेको छ । प्राइम कमर्सियल बैंकको नाफा १८।८१ प्रतिशतले घटेको छ ।

गएको वर्षदेखि नै नेपाल क्रेडिट एन्ड कमर्स ९एनसीसी० बैंकसँग मर्जरमा गई एकीकृत कारोबार गरेको कुमारीले आफ्नो पफर्मेन्स कमजोर देखाएको छ । अघिल्लो वर्ष यो बैंकले दुई अर्ब ५७ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गएको आर्थिक वर्षमा एक अर्ब ९५ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

उक्त अवधिमा २० वाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा माछापुछ«े बैंकले आर्जन गरेको छ । यो बैंकले एक अर्ब ८५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

गएको आर्थिक वर्षमा तीन अर्ब रुपैयाँभन्दा कम नाफा आर्जन गर्नेमा आठ बैंक छन् । मर्जरपछि एकीकृत कारोबार गर्ने प्रभु, लक्ष्मी सनराइज र कुमारी बैंक पनि यो सूचीमा छन् ।

सरकारको स्वामित्व भएका तीन बैंक नेपाल, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकले भने तीन अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् । अघिल्लो वर्षको तुलनामा कृषि विकास बैंकले ३९।२५ प्रतिशत, नेपाल बैंकले १६।७० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले १४।५४ प्रतिशतले नाफा वृद्धि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै ३ बजे शपथ

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group