ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाणिज्य बैंकहरूको नाफा ७० अर्बभन्दा बढी


एबीसी न्यूज

काठमाडौं, २१ साउन ।  देशका २० वटै वाणिज्य बैंकले गएको आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणानुसार २० वाणिज्य बैंकले ७० अर्ब १७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यी बैंकको नाफा औसत २४।९५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८र७९ को अन्त्यसम्म यी बैंकहरूले ५६ अर्ब १७ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

वित्तीय विवरणानुसार गएको वर्ष सर्वाधिक नाफा कमाउने र वृद्धि गर्नेमा नबिल बैंक अगाडि छ । यो बैंकले उक्त अवधिमा सात अर्ब ५२ करोड ७१ लाख रुपैयाँ नफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो बैंकले चार अर्ब २५ करोड ६० लख रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो बैंकको नाफा ७६।८६ प्रतिशले वृद्धि भएको हो ।
बढी नाफा गर्नेमा दोस्रोमा ग्लोबल आइएमई बैंक लिमिटेड छ । यो बैंकले सात अर्ब २५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । तर, अघिल्लो वर्षको तुलनामा यो बैंकको नाफा ४६ प्रतिशतले मात्र वृद्धि भएको छ ।

प्रतिशतको हिसाबमा सर्वाधिक नाफा वृद्धि गनर्मो दोस्रोमा स्ट्यान्डर्ड चार्टर्ड बैंक छ । यो बैंकले ५६।२७ प्रतिशतले नाफा वृद्धि गरेको छ । यो बैंकले तीन अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ ।

कुमारी बैंक र प्राइम कमर्सियल बैंकको भने नाफा घटेको छ । अघिल्लो वर्षको तुलनामा यी दुई बैंकको नाफामा कमी आएको हो । कुमारी बैंकको नाफा २४।१४ प्रतिशतले घटेको छ । प्राइम कमर्सियल बैंकको नाफा १८।८१ प्रतिशतले घटेको छ ।

गएको वर्षदेखि नै नेपाल क्रेडिट एन्ड कमर्स ९एनसीसी० बैंकसँग मर्जरमा गई एकीकृत कारोबार गरेको कुमारीले आफ्नो पफर्मेन्स कमजोर देखाएको छ । अघिल्लो वर्ष यो बैंकले दुई अर्ब ५७ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गएको आर्थिक वर्षमा एक अर्ब ९५ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

उक्त अवधिमा २० वाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा माछापुछ«े बैंकले आर्जन गरेको छ । यो बैंकले एक अर्ब ८५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

गएको आर्थिक वर्षमा तीन अर्ब रुपैयाँभन्दा कम नाफा आर्जन गर्नेमा आठ बैंक छन् । मर्जरपछि एकीकृत कारोबार गर्ने प्रभु, लक्ष्मी सनराइज र कुमारी बैंक पनि यो सूचीमा छन् ।

सरकारको स्वामित्व भएका तीन बैंक नेपाल, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकले भने तीन अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् । अघिल्लो वर्षको तुलनामा कृषि विकास बैंकले ३९।२५ प्रतिशत, नेपाल बैंकले १६।७० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले १४।५४ प्रतिशतले नाफा वृद्धि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com