काठमाडौ साउन १९ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । कमलादीस्थित प्रज्ञा भवनमा बुधबारदेखि सुरू बैठकको आज तेस्रो दिन हो ।हिजो र अस्ति गरी करिब ५० जना नेताले आ(आफ्नो धारणा राखिसकेका छन् ।
बाँकीले आफ्नो भनाइ राख्ने क्रम जारी रहन्छ । अधिकांश नेताले पार्टी नेतृत्वको कार्यशैलीप्रति आलोचना, पार्टी सुदृढीकरण, चुस्तता, रुपान्तरणमा जोड दिएका छन् ।मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीबारेमा पनि छलफल भइरहेका छन् ।बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्