नयाँ दिल्ली । हरियाणाका नुह र गुरुग्राममा दुई दिनदेखि हिंसा भड्किएपछि भारतको राजधानी दिल्लीमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ।
विश्व हिन्दू परिषद् र बजरंग दलले हिंसाविरुद्ध बुधबार आन्दोलन घोषणा गरेका छन्।
बजरंग दलले दिल्लीमा लगाएको पोस्टरमा पूर्वी दिल्लीमा पनि विरोध प्रदर्शन हुने सम्भावना देखिएको छ।
यसका लागि लक्ष्मीनगर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।







प्रतिक्रिया दिनुहोस्