ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिम सरकारबारे रेशम चौधरीलगायतको प्रधानमन्त्रीसँग छलफल


abc tv

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार विस्तार बारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल भएको छ । आज सिंहदरबारमा भएको छलफलमा भोलि बिहान शीर्ष नेताहरूबीच सुदूरपश्चिम प्रदेश सरकार विस्तारको गाँठो फुकाउने सहमति भएको हो ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग भेट गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्ति पाटीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, संरक्षक रेशम चौधरी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, आर्थिक मामिला मन्त्री नरेश बहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डसँग नागरिक उन्मुक्तिका नेताहरूले यस अघि भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीलाई २ मन्त्रालय दिनु पर्ने बताएका थिए । मुख्यमन्त्री शाहले केन्द्रबाट प्रदेशको गाँठो फुकाउनु पर्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम सरकार विस्तारबारे सहमति गर्न भोली बिहान ९ बर्ष शीर्ष नेताहरू बिच छलफल हुने बताएका छन् । उक्त छलफल पछि प्रदेश सरकार बिस्तार हुने अपेक्षा छ ।

सुदूरपश्चिम प्रदेशमा ७ महिनादेखि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मन्त्री विहीन छ भने पृथ्वी बहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि अहिले आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि मुख्यमन्त्री आफैसँग छ ।

अहिलेसम्म दुई मन्त्रालयको अडान लिएको नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालय पाउँछ वा एकै मन्त्रालयमा सरकारमा सहभागी हुन्छ भन्ने कुरा भोली शीर्ष नेताहरू बिचको छलफलपछि मात्रै टुुंगो लाग्ने बताइएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रधानमन्त्री प्रचण्डसँगको छलफल सकारात्मक भएको र भोलि बिहान ९ बजे बैठकमा थप छलफल हुने सहमति भएको जानकारी दिए । यस अघि मुख्यमन्त्री सहितको टोलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटेर सरकार विस्तारबारे शीर्ष नेताहरू बिच सहमति गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com