काठमाडौं, २२ माघ । झन्डै दुई साताको लागि भारत भ्रमणमा निस्केका ज्ञानेन्द्र शाहले देश बचाउन र हिन्दुत्व जोगाउन भारत जान लागेको बताएका छन्।
दुई साताव्यापी धार्मिक र सदभाव यात्रामा भारत भ्रमणमा निस्केका शाहले सोमबार एयर इन्डियाको विमानबाट कोलकाता प्रस्थान गर्नुअघि सो बताएका हुन् । विमानस्थलमा पूर्वराजाले भने, ‘ हाँगा र पात त पलाइरहन्छन् तर जरा जोगिनु ठूलो कुरा हो, त्यही जरा संरक्षण मेरो कोशिश हो, त्यसकै लागि भारत जाँदै छु।’
उनले भने, ‘म देश बचाउन र हिन्दूत्व जोगाउन भारत जाँदै छु।’
उडिसास्थित पुरी मठका जगतगुरु शंकराचार्य निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ अौँ वर्षका अवसरमा आयोजित विभिन्न समारोहमा विशेष अतिथिका रुपमा पूर्वराजा शाहलाई आमन्त्रण गरिएको हो।
भ्रमणकाक्रममा पूर्वराजाद्वारा गौशाला उद्घाटन, उडिसास्थित जगन्नाथ पुरी, लिंगराज मन्दिर आदिमा पूजा गर्ने कार्यक्रम छ। आयोजक संस्थाका अनुसार पूर्वराजालाई नागरिक अभिनन्दन गर्ने पनि कार्यक्रम रहेको बताईएको छ।
प्रतिक्रिया दिनुहोस्