ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धितोपत्र बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक, एनआरएनलाई लगानीको बाटो खुला (पूर्णपाठ)


एबीसी न्यूज

 

 

 

काठमाडौँ । आर्थिक वर्ष २०८०र८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । नेपाल धितोपत्र बोर्ड ९सेबोन० ले आइतबार एक कार्यक्रमकाबीच आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

आर्थिक वर्षको विनियोजित बजेटको लक्ष्य, मौद्रिक नीतिले लिएको बाटोलाई अंगाल्दै समग्र धितोपत्र बजारको विस्तार एवम् सुधारमा केन्द्रीत हुनेगरी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याइएको बोर्डले जनाएको छ । पुँजी बजारमा लगानीकर्ताको संख्यामा वृद्धि तथा प्रतिस्पर्धात्मक वातावरणको विकास गर्न एवं गैर आवासीय नेपाली नागरिकहरु (एनआरएनए) हरुलाई पुँजी बजारमा सहज प्रवेशका लागि आवश्यक कानुनी तथा संस्थागत पूर्वाधार तयार गर्ने कार्यक्रम धितोपत्र बोर्डले अघि सारेको छ ।

यस्तै, वस्तु विनियमय बजार सञ्चालनमा ल्याउने, धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा अनुमतिपत्र प्रदान गर्ने प्रणालीलाई थप प्रभावकारी, व्यवस्थित एवं पारदर्शी बनाई तोकिएको मापदण्ड पुरा गरेका संस्थाहरुलाई निश्चित समयावधिभित्र खुला प्रणाली ९ओपन सिस्टम० मार्फत अनुमतिपत्र प्रदान गर्ने बोर्डले जनाएको छ ।

नवीनतम ज्ञान, सीप÷क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायको प्रवद्र्धन गर्न आवश्यक पुँजी परिचालनका लागि पीईरभीसी इकोसिस्टम निर्माण तथा एसएमई इन्ड्रष्ट्री विकासको सिग्नेचर पोलिसी लिई उद्यमशीलता प्रवद्र्धन तथा इन्टरप्राइज डेभलपमेन्ट मार्फत अर्थतन्त्रमा नयाँ धार सिर्जना गर्ने समेत बोर्डले आफ्नो नीति तथा कार्यक्रममा राखेको छ ।

खासगरी यस वर्ष नीति तथा कार्यक्रमलाई विकासात्मक र नियमित गरी दुई भागमा विभाजन गरिएकोमा विकासात्मक कार्यक्रम अन्तर्गत नीतिगत तथा कानुनी व्यवस्था तथा सुधार र सूचना प्रणालीको विकास र प्रयोग, अध्ययन तथा अनुसन्धान मार्फत बोर्डको बजार नियमन तथा सुपरिवेक्षण क्षमता अभिवृद्धि समेत गरिने बताइएको छ ।

यस्तै नियमित गर्ने कार्यक्रमहरुलाई समेत थप प्रभावकारी र व्यवस्थित बनाउन विशेष ध्यान दिइने बोर्डले जनाएको छ । प्रस्तुत कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरी धितोपत्र बजार तथा वस्तु विनियम बजारको विकास, विस्तार तथा सुधार गर्नेतर्फ सशक्त भूमिका खेल्न प्रतिवद्ध रहेको समेत बोर्डले जनाएको छ ।

पूर्णपाठ

धितोपत्र बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक, एनआरएनलाई लगानीको बाटो खुला (पूर्णपाठ)

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com