ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेसीको २ गोलमा इन्टर मियामीको लगातार दोस्रो जित


एबीसी न्यूज
श्रावण १०, २०८० बुधबार  ९ : ४५ बजे

काठमाडौ साउन १० । लिओनल मेसीले अमेरिकामा आफ्नो लय कायम राख्दै लगाता दोस्रो खेलमा गोल गरेका छन् ।मेसी र रोबर्ट टेललरे दुई(दुई गोल गरेपछि लिग कप साउथ ३ समूहमा इन्टर मियामीले बुधबार बिहान एटलान्टा युनाइटेडलाई ४(० ले हरायो ।डीआरऐ पिएनके स्टेडियममा भएको खेलमा मेसीले खेलको आठौं मिनेटमै गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा रोबर्ट टेलरको पासमा मेसीले व्यक्तिगत दोस्रो गोल गरी अग्रता दोब्बर पारे ।

४४औं मिनेटमा रोबर्ट टेरलले गोल गरेपछि पहिलो हाफमै इन्टर मियामीले ३(० को अग्तरा बनायो ।५३औं मिनेटमा मेसीकै पासमा रोबर्ट टेलरले व्यक्तिगत दोस्रो गोल गरे ।८४औं मिनेटमा क्रिस्टोफर म्याकभेले रातो कार्ड पाएपछि इन्टर मियामी दश खेलाडीमा समेटिएको थियो । भ्याकभेले विपक्षी खेलाडीलाई पेनाल्टी बक्समा लडाएपछि एटलान्टाले ८६औं मिनेटमा पेनाल्टी प्राप्त गरेपनि गोल गर्न सकेन ।

थियागो अलमाडाको पेनाल्टी प्रहार इन्टर मियामीका गोलकिपर ड्राक क्यालेन्डरले बचाए ।यसअघि मेसीले डेब्यु खेलमै गोल गर्दा इन्टर मियामीले क्रुज अजुललाई २(१ ले पराजित गरेको थियो ।लिग कपको साउथ तीन समूहमा लगातार दुई खेल जितेपछि इन्टर मियामी समूह विजेता बन्दै अन्तिम ३२ मा प्रवेश गरेको छ । जहाँ इन्टर मियामीले अब लिग कपको साउथ २ समूहको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस विभाजनको बाटोमा

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

सम्बन्धित

कांग्रेस विभाजनको बाटोमा

संविधान संशोधनका लागि कार्यदल गठन, सदको दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन सिफारिस

ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

ओलीको रिहाइको माग गर्दै आज तेस्रो दिन पनि एमालेको प्रदर्शन: नेतृत्वमा चार सचिव

कोशीका सांसदहरूसँग प्रधानमन्त्रीले लिए क्षेत्रगत समस्याको ब्रिफिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com