ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४० मेगावाटको अपर चमेलिया जलविद्युत आयोजनाको उत्पादन परीक्षण सुरु


ABC NEWS
श्रावण ६, २०८० शनिबार  ५ : १४ बजे

धनगढी ६ साउन । निजी क्षेत्रको लगानीमा निर्माण सम्पन्न भएको ४० मेगावाटको अपर चमेलिया विद्युत् आयोजनाको उत्पादन परीक्षण सुरु भएको छ । अपि पावर कम्पनीले निर्माण गरेको उक्त आयोजनाले शुक्रबार उत्पादन परीक्षण सुरु गरेको हो । दार्चुलाको मार्मा गाउँपालिका-१ किमगडामा रहेको बाँधबाट ६ किलोमिटर तल वडा नम्बर २ को घट्टेगाडमा रहेको पावर हाउसमा पानी खसालेर परीक्षण सुरु गरिएको छ ।

शनिबारदेखि परीक्षणका रुपमा विद्युत् उत्पादन गरी वलांचस्थित सवस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाका प्रबन्ध निर्देशक संजीव न्यौपानेले भने, ‘६ हजार १ सय मिटर लामो पेन्सटक पाइपलाइन, तीनवटा टर्वाइन, जेनेटर र अन्य प्राविधिक उपकरण परीक्षण सफल भएपछि विद्युत् उत्पादन सुरु भएको हो ।’ दुई सातापछि व्यावसायिक उत्पादन सुरु हुने पनि उनले जानकारी दिए ।

३० महिनामा ८ अर्ब ५० करोड लागतमा सम्पन्न भएको उक्त आयोजनाबाट उत्पादन भएको विद्युत् भारत-नेपाल क्रस बोर्डर प्रसारण लाइनमार्फत भारत जाने पनि प्रबन्ध निर्देशक न्यौपानेले जानकारी दिए । उनले भने, ‘वर्षभरि नै सुदूरपश्चिममा उत्पादन भइरहेको विद्युत्‌मध्ये ८० मेगावाट भारत बिक्री हुने सहमति भइसकेको छ ।’

उत्पादन परीक्षण सुरु भएको अपर चमेलियाबाहेक सुदूरपश्चिममा अन्य आधा दर्जन आयोजना पनि निर्माणको अन्तिम चरणमा छन् । ‘सुदूरपश्चिममा औद्योगिक सम्भावनाको ढोका खुलेको छ,’ निर्देशक न्यौपानेले भने, ‘विद्युत् आपूर्तिको अभाव देखाएर अहिलेसम्म सुदूरपश्चिममा ठूला उद्योग खुल्न सकेका छैनन् ।’ उक्त आयोजनासँगै निर्माणको अन्तिम चरणमा पुगेका आधा दर्जन आयोजनाले विद्युत् उत्पादन सुरु भएपछि औद्योगिक क्षेत्र पनि स्थापना हुन सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com