ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक करोड २० लाख बढी नेपाली रुपैयाँ बराबरका विदेशी मुद्रासहित विमानस्थलबाट ४ पक्राउ


ABC NEWS

काठमाडौँ ४ साउन । प्रहरीले त्रिभुवन विमानस्थल काठमाडौंबाट दुबई जान लागेका ४ जनालाई सवा करोड नेपाली रुपैयाँ बराबरका विदेशी मुद्रासहित पक्राउ गरेको छ । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हिमालय एयरलाइन्सको जहाजबाट दुबई जान लागेका सन्तोष पन्थी, दिपेश राना, सूर्यमणि भण्डारी र अनिश थापालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट विभिन्न देशका १ लाख ६२ हजार भन्दा बढी विदेशी मुद्रा बरामद भएको छ ।

बरामद मुद्रा करिब सवा करोड रुपैयाँ बराबर रहेको विमानस्थल प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार करिब ४१ हजार ४०० अमेरिकी डलर, १ लाख १९ हजार ५०० साउदी रियाल, १३ सय ओमानी रियाल र बहरानी दिनारका ४८८ विदेशी मुद्रा बरामद गरिएको हो ।

यो मुद्रा सुन तस्करीसँग जोडिएको गिरोह र अवैध तस्करीको मुद्राको साँठगाँठ भएको हुन सक्ने प्रहरीको आशंका छ । पक्राउ परेका ४ नेपालीलाई गिरोहले भरियाको रुपमा प्रयोग गरेको हुनसक्ने प्रहरी स्रोतले जनायो । त्यसकै लागि उनीहरुमार्फत नै गैरकानुनी रुपमा विदेशी मुद्रा ओसारपोसार गराएको प्रहरीको आशंका छ ।

राजश्व अनुसन्धान विभागले मंगलबार र बुधबार मात्रै दुई दिन लगाएर हङकङबाट भित्रिएको करिब एक क्वीन्टल सुन बरामद गरेको थियो । विमानस्थलको कमजोर सुरक्षा प्रणाली र कर्मचारीहरुको मिलोमतोका कारण सुन, विदेशी मुद्रा तस्करी लगायतका अपराध मौलाउँदै गएको छ ।
प्रहरीका अनुसार हिमालयन एयरलाईन्सको उडान नम्बर एच ९-५४५ द्वारा काठमाण्डौंबाट दुबई प्रस्थान गर्न लागेका यात्रु जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. ९ तुलसिपुरका २४ वर्षिय अनिस थापालाई ब्यागेज चेकिङ एरियामा निजको शरीर खानतलासी एवं साथमा लिई आएको लगेजहरुलाई एक्सरे गर्ने क्रममा निजले लिई आएको खैरो रंगको ‘फेसन इटाली’ लेखिएको लगेज भित्र सेतो प्लाष्टिकले यापिङ गरेको अबस्थामा वरिपरि चाउचाउ राखिएको विचमा अमेरिकन डलर १०० दरको थान ४१४ ले हुन आउने अमेरिकी डलर ४१ हजार ४ सय, रियल ५०० दरको थान- २१२, २०० दरको थान- ३२, १०० दरको थान- ७१ ले जम्मा साउदी रियल १ लाख १९ हजार ५ सय, ओमान रियाल ५० दरको थान-२६, २० दरको थान-१, १० दरको थान – २, ५ दरको थान – २, १ दरको थान- ७ ले जम्मा ओमानी रियाल १ हजार ३ सय ५७, बहराईनी डिनार २० दरको थान-१४, १० दरको थान – २, ५ दरको थान- १, १् दरको थान- ३ ले जम्मा बहराइनी डिनार ३ सय ८ बराबरको रकम लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

पक्राउ परेको रानालाई सोधपुछ गर्दा बरामद भएका विदेशि मुद्राहरु रानाका दाई तिलोत्तमा ९ का ३८ वर्षिय दिपेश रानाले सम्पर्क गरेका व्यक्तिहरु गुल्मी धुर्कोट ७ का २६ वर्षिय सन्तोष पन्थी, सत्यवती ६ का ३५ वर्षिय सुर्यमणी भण्डारीले दिएको बयान दिएको आधारमा उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान पार्किङ एरियामा अनिसलाई छाड्न आएकाहरुले प्रयोग गरेको बाग्मती प्रदेश -०१-०२७ च ६२६६ नम्बरको गाडी समेत नियन्त्रणमा लिएको छ ।

प्रहरी समक्ष अनिसले आफुलाई छाड्न आएका पन्थीलगायतले आफूलाई दुबईमा भएको साथीलाई पठाएको चाउचाउ हो भनेर दिएकोबाहेक अन्य थाहा नभएको बयान दिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दैलेखको ग्याँस एक वर्ष भित्र उपयोगमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

ट्रम्पले यो युद्ध कसरी हार्न सक्छन् ?

सम्बन्धित

दैलेखको ग्याँस एक वर्ष भित्र उपयोगमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

ट्रम्पले यो युद्ध कसरी हार्न सक्छन् ?

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशमानलाई कान्छारामको चेतावनी : १५औं महाधिवेशनमा हिसाब-किताब हुन्छ

भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब ४७ करोड

कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र हुनुपर्छ- कोइराला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com