ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब म युरोपियन फुटबलमा फर्किने सम्भावना छैन : रोनाल्डो


एबीसी न्यूज

काठमाडौ साउन २ । फुटबलर क्रिस्टियानो रोनाल्डोले आफू युरोपियन फुटबलमा फर्कने सम्भावना नरहेको बताएका छन् । इएसपीएनसँग कुरा गर्दै उनले आफू साउदी प्रो लिगलाई विश्वको उत्कृष्ट प्रतिस्पर्धा बनाउन प्रतिबद्ध रहेको बताए ।‘म ३८ वर्षको भइसकेँ । मलाई पूर्ण विश्वास छ कि म अब कुनैपनि युरोपियन क्लबमा आवद्ध हुन्न’, उनले भने । रोनाल्डोले युरोपेली लिगहरुले राम्रा खेलाडी गुमाउँदै गएको पनि बताएका छन् ।युरोपियन फुटबलले धेरै राम्रा खेलाडी गुमाएको छ ।

हालसम्म पनि राम्रो प्रदर्शन गरिरहेको र आकर्षक रहेको भनेको प्रिमियर लिग मात्रै हो । यो अन्य लिगभन्दा धेरै राम्रो छ’, रोनाल्डोले भने ।उनले अर्जेन्टिनी फुटबलर लियोनेल मेसीको इन्टर मियामीमा आवद्धताबारे पनि टिप्पणी गरेका छन् । साउदी अरेबियाको टुरिजम एम्बेसडर बन्न तयार भएपनि मेसीले व्यवसायिक फुटबलका लागि भने अमेरिका रोजे । अल हिलालको प्रस्तावलाई छाडेर ३६ वर्षे अर्जेन्टिनी कप्तान इन्टर मियामीमा आवद्ध भएका थिए । रोनाल्डोले इन्टर मियामी भन्दा साउदी क्लब उत्कृष्ट भएको पनि दाबी गरेका छन् ।साउदी लिग एमएलएस भन्दा साउदी लिग उत्कृष्ट छ ।

मैले साउदीका लागि बाटो खोलेँ, अहिले धेरै खेलाडी आइरहेका छन् । एक वर्षपछि अझै आउनेछन्’ रोनाल्डोले भने ।साउदी क्लबहरुले अहिले विश्वस्तरीय खेलाडीहरुलाई आकर्षित गरिरहेका छन् । रोनाल्डो जनवरीमा अल नासर आबद्ध भएका थिए । बालोन डि ओर विजेता करिम बेन्जेमा पनि गत जुन महिनामा अल इत्तिहादमा आबद्ध भएका छन् ।

रुवेन नेभिस बार्सिलोना छाडेर अल हिलालमा आबद्ध भएका छन् । एनगोलो कान्टे पनि बेन्जेमासँगै अल इत्तिहादमा जोडिएका छन् ।युरोपका लिगमा उत्कृष्ट प्रदर्शन गरेका र उमेर ढल्किदै गएका खेलाडीलाई साउदी क्लबहरुले प्राथमिकतामा राखेका छन् । रोनाल्डोको आगमनसँगै साउदीको लिगमा अन्य खेलाडीको पनि चासो भने बढेको छ । प्रि सिजनमा अल नासर सेल्टा भिगोको बी टोलीसँग ५–० ले पराजित भएको छ । त्यसले साउदीको स्तरमा पनि प्रश्न खडा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com