ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्पेनको चुनाव र नवफासीवादको चुनौती


गोर्डन ब्राउन

गोर्डन ब्राउन : युरोपको भविष्य बुझ्न मन लागे २३ जुलाईमा हुने आमचुनावका सन्दर्भमा स्पेनमा भइरहेका हालैका केही घटनालाई अवलोकन गर्दा हुन्छ । उग्र–दक्षिणपन्थी भोक्स पार्टीले राजधानी म्याड्रिडको मुख्य सडकमा नारीवाद, आप्रवासन र लैंगिक एवं यौनिक अल्पसंख्यक समुदायको दानवीकरण गर्ने उद्देश्यले बिलबोर्ड टाँगेको छ । उसले परम्परागत राष्ट्र राज्य रक्षाको आडमा संस्कृति युद्ध भड्काउने प्रयास गरिरहेको छ ।

एक भड्काउ टिभी चुनाव बहसका क्रममा भोक्सका नेता स्यान्टियागो एबास्कलले करिब ७० प्रतिशत सामूहिक बलात्कार आप्रवासीले गर्ने झुटो दाबी गरेका थिए । झुटो दाबी गर्ने यो रणनीति नयाँ होइन । २०१६ को ब्रेक्जिट जनमत संग्रहमा पनि यस्तै देखिएको थियो, जब निगेल फारेजले बेलायततर्फ आप्रवासीको ठूलो समूह विस्फोटक ढंगले आइरहेको देखाउने पोस्टर प्रयोग गरेका थिए । चाखलाग्दो के छ भने हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले ‘यिनलाई रोकौँ’ शीर्षकमा हंगेरीको चुनावमा फारेजकै पोस्टर प्रयोग गरेका थिए । स्मरण रहोस्, हंगेरीमा युरोपभरमै सबैभन्दा कम विदेशी मूलका नागरिक छन् । यही हंगेरीमा अस्तित्वहीन ‘अतिक्रमणकारी’ रोक्ने अभियानले ओर्बानलाई चुनावमा जितायो ।

भोक्सको राष्ट्रवाद आप्रवासनमा मात्रै सीमित छैन, यो राष्ट्रवादमा स्पष्ट रूपमा समलिंगी तथा नारीवादविरोधी आक्रमण पनि पर्छ । पार्टीले लैंगिक एवं यौनिक अल्पसंख्यक एवं नारीवादी आन्दोलनलाई राष्ट्रका लागि खतरा ठान्छ । स्थानीयस्तरमा गठबन्धन निर्माण गर्दा पार्टीले लैंगिक समानताको पहलकदमी भत्काइदिएको छ र यस्ता पहललाई ‘परिवार विभागमा’ सारिएको छ । बेलेरिक द्वीपमा पार्टीले लैंगिक एवं यौनिक अल्पसंख्यकलाई लिएर हुने सबै आन्दोलनको औपचारिक मान्यता मेटाउँदै छ । यसबाहेक पार्टीले क्याटालान र बास्क पृथकतावादी पार्टीमाथि प्रतिबन्ध लगाएर क्षेत्रीय स्वायत्तताको आन्दोलन दबाउने उग्र–राष्ट्रवादी एजेन्डा अघि सारेको छ ।

दक्षिणपन्थीले संस्कृति युद्धमा जोड दिनु नवउदारवादी आर्थिक नीतिबाट ध्यान हटाउने रणनीति हो । सार्वजनिक सेवाको निजीकरण गर्नु, निजी स्वास्थ्य सेवाको विस्तार गर्नु र उच्चदरको कर कटौती लागू गर्नुलगायत नीतिमा सन् २०२४ सम्ममा हालको सम्पत्ति कर हटाउने योजना पनि समावेश छ ।

भोक्सले पूर्ण बहुमतसाथ जित हासिल गर्न नसके पनि स्पेनको अब बन्ने सरकारमा महŒवपूर्ण प्रभाव पार्ने सम्भावना बढेको छ । पुरातनपन्थी पपुलर पार्टी (पिपी) जसले पहिल्यै भोक्ससँग क्षेत्रीय र स्थानीय सरकारको गठबन्धन बनाएको छ । सो पार्टीले सत्तामा बहुमत स्थापना गर्न समर्थन खोजिरहेको छ । केही साताअघि एक्स्ट्रेमाडुरामा पिपीका नेता मारिया गार्डियोलाले ‘उग्र–मर्दानगी हिंसालाई अस्वीकार गर्दै आप्रवासीको अमानवीकरण गर्ने र लैंगिक एवं यौनिक अल्पसंख्यक समुदायलाई उपेक्षा गर्ने पार्टीसँग नजोडिने वाचा गरेकी थिइन् । यद्यपि उनले पछि आफ्नो अडान उल्ट्याइन् र सत्तामा पुग्न भोक्ससँग सम्झौता गर्नुको विकल्प नभएको बताइन् ।

यदि दक्षिणपन्थी पार्टीले सान्चेजको पार्टीलाई उछिन्छ भने करिब ५० वर्षदेखि नरुचाइएको नवफासीवादी पार्टीलाई वैधानिकता मिल्नेछ । भोक्स, जसलाई कुनैवेला किनाराकृत समूहका रूपमा हेरिएको त्यो स्पेनी क्याबिनेट पुग्दा त्यसले राजनीतिक भूकम्प निम्त्याउनेछ । जसका तरंग महाद्वीपमा पनि झल्किनेछ किनभने स्पेनले युरोपियन युनियनको अध्यक्षता गर्न गइरहेको छ ।

भोक्सको उदयले युरोपभर फैलिरहेका उग्र–दक्षिणपन्थी पार्टीलाई हौसला दिनेछ । जर्मनीको उग्र–दक्षिणपन्थी एएफडीले २० प्रतिशतभन्दा बढी राष्ट्रिय समर्थन प्राप्त गरेको छ र आफ्नो पहिलो स्थानीय चुनाव पनि सीधै जितेको छ । फिनल्यान्डमा उग्र–दक्षिणपन्थी फिन्स पार्टीले नवगठित दक्षिणपन्थी सरकारमा सात मन्त्रालय पाएको छ । अस्ट्रियाको उग्र–दक्षिणपन्थी फ्रिडम पार्टी आगामी चुनावपछि सत्तामा उक्लिन तम्तयार देखिन्छ । यता इटलीमा पहिले नै उग्र–दक्षिणपन्थी शक्ति फ्रेटेली डी’इटालिया सत्तामा छ । फ्रान्सेली सडकको हिंसा अन्त्य गर्न र न्याय–व्यवस्था कायम राख्ने वाचा गर्दै ‘पुनः नियन्त्रण गरौँ’को नारा उछालेकी मेरिन ले पेन सत्तामा पुग्न खोजिरहेकी छैनन् भनेर कसले भन्न सक्छ ?

जुलाई २०२१ देखि युरोपका उग्र दक्षिणपन्थी पार्टीले एक असम्भव गठबन्धन बनाएका छन्, जसमध्ये १६ वटा दलले युरोपियन युनियनको विरोध गर्ने घोषणामा हस्ताक्षर गरेका छन् । अन्तर्राष्ट्रियताको विरोधी यो अनौठो अन्तर्राष्ट्रिय गठबन्धनले राष्ट्रका मूल निवासीलाई आप्रवासीको खतरा रहेको डरलाई बढावा दिँदै छन् । राष्ट्रवाद, परम्परा र आणविक शक्ति भनेको युरोपेली राष्ट्र र संस्कृतिलाई ध्वस्त पार्न खोज्ने विश्वव्यापी प्रभावविरुद्ध युरोपको रक्षा कवचका रूपमा काम गर्छ भनेर यो गठबन्धन सर्वसम्मतिले विश्वास गर्छ ।

यदि मध्यपन्थी र प्रगतिशील पार्टीले विश्वव्यापीकरणसँगको वर्तमान असन्तुष्टिलाई अस्थायी मुद्दाका रूपमा खारेज गरिरहने हो भने यी संस्कृति योद्धाले जनताको परिवर्तनको चाहनाको शोषण गर्नेछन् । यिनले मानव अधिकार र अन्तर्राष्ट्रिय सहयोगमा हालैका प्रगति उल्ट्याउने मात्र नभई युरोपेली हरित एजेन्डालाई पनि कमजोर बनाउनेछन् ।

वास्तवमा ओर्बानले स्विकारेझैँ दक्षिणपन्थी समूह संस्कृति युद्धमा लाग्नुको कारण नव–उदारवादी विश्वव्यापीकरणको असफलता हो, जसले अहिलेको अप्रत्यासित संसारमा श्रमजीवीलाई सुरक्षाबाट वञ्चित गरेको छ । घट्दो जीवनस्तर र बढ्दो प्रदूषणजस्ता विभिन्न संकटको उपस्थितिले असफल यथास्थिति फर्कनु व्यावहारिक देखिँदैन । जीवनस्तर सुधारमा ध्यान केन्द्रित गर्दै युरोपभरि सकारात्मक र प्रगतिशील सामाजिक एवं आर्थिक नीति एजेन्डा प्रवद्र्धन गर्नु महŒवपूर्ण छ । प्रधानमन्त्री सान्चेज यी एजेन्डाका बलिया पैरवीकर्ता हुन् र यसलाई अटल दृढतासाथ पछ्याउनुपर्छ । हामीले यसवेला जर्ज ओर्वेलका भनाइ पनि सम्झनुपर्छ । जहाँ उनले नैतिक प्रयासबाट मात्र हामी विभेदकारी राष्ट्रवादलाई जित्न सक्छौँ भनेका थिए ।

(बेलायतका पूर्वप्रधानमन्त्री रहेका ब्राउन हाल विश्वव्यापी शिक्षाका लागि राष्ट्रसंघका दूत हुन् –द गार्डियनबाट)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com