काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वेल घेरेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
रास्वपा सांसदहरू बसेको ठाउँबाट उठेर वेलतर्फ गएपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।
रास्वपा प्रमुख सचेतक सन्तोष परियारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० माथि छलफल भइरहे पनि सभामुखले निर्णयार्थ प्रस्ताव पेश नगरेको बताए ।
यसपछि सभामुख देवराज घिमिरेले प्रस्तावमाथि घोषणा हुँदा सांसदहरूले आपत्ति नजनाएको उल्लेख गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्