ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको पछि लाग्दैनौं, सरकारको स्थायित्व चाहन्छौ : सभापति लामिछाने, रास्वपा


ABC NEWS
असार २८, २०८० बिहीबार  १ : ०७ बजे

काठमाडौँ २८ असार । प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सरकारको स्थायित्वको पक्षमा रहेको बताएका छन् । उनले आफ्नो पार्टी छुट्टै प्रतिपक्ष भएकाले प्रमुख प्रतिपक्ष एमालेको पछि नलागेको पनि बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रमुख प्रतिपक्षी एमालेको पछि लागेको भाष्य निर्माण गर्न खोजिएको भन्दै सभापति लामिछानले असन्तुष्टि पनि व्यक्त गरेका छन् । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै सभापति लामिछानेले आफ्नो एजेन्डामा अगाडि बढिरहेको बताएका छन् ।

गत वैशाख १० को उपनिर्वाचन यता सरकारमा सहभागी हुन प्रस्ताव आइरहेको उल्लेख गर्दै लामिछानेले तत्काल सरकारमा सहभागी हुने योजना नरहेको र त्यसबारे पार्टीमा छलफल पनि नचलाएको बताएका छन् । ुउपनिर्वाचनपछि प्रधानमन्त्रीले सरकारमा सहभागी हुनुस् भनेर प्रस्ताव राख्नुभएको थियो, हामीले जाने इच्छा व्यक्त गरेनौं । उहाँहरूको जे समझदारी भएको छ त्योअनुसार नै गठबन्धन गए हुन्छ । हामी संगठन निर्माणमा नै लागेका छौं । हामी सरकारमा जाने रेसमा छैनौं,ु उनले भने, ुहामी स्थायित्वका पक्षमा छौं । जनतामा सरकार आज नै ढल्ला कि, भोलि नै ढल्ला कि, गठबन्धन परिवर्तन भइहाल्ला कि भन्ने वातावरण नबनोस् भन्ने चाहन्छौं र जिम्मेवार राजनीतिक दलले चाहने पनि त्यै नै हो ।ु

सत्तापक्षका दोस्रो र तेस्रो तहका नेताहरूले ुसहयोग चाहिन्छ हैु भनिरहेको पनि लामिछानेले बताए । तर, ती प्रस्तावलाई आफूले गम्भीरतापूर्वक नलिएको उनको भनाइ छ ।

संसद् र बाहिर पनि राष्ट्रिय स्वतन्त्र पार्टी आफ्ना एजेन्डामा नै अघि बढ्ने लामिछानेको भनाइ थियो । उनले कुनै पनि दलको पछि लाग्ने र उनीहरूका एजेन्डा बोक्ने पक्षमा आफू नरहेको बताए । पुराना पार्टीहरूसँग विभिन्न चरणमा सहकार्य गर्दा उनीहरूसँगै गएको आरोप लागेको भन्दै उनले आफ्नो निर्णयमा चलिरहेको प्रष्ट पारे ।

ुपहिला सरकारमा जाँदा हामीलाई माओवादीको पछि लाग्यो, प्रचण्डको पछि लाग्यो भनियो । हाम्रा निर्णय हेर्नुभयो भने यति स्वतन्त्र रूपमा निर्णय गरेको अति नै कम दल छन् । गत पुस १० को निर्णयअनुसार उपसभामुख हाम्रो दलबाट हुने भन्ने थियो । त्यो अनुसार गयौं । सरकारमा बस्न सकुन्जेल बस्यौं । जब त्यो सहमति टुट्यो त्यसमा बसिरहनुपर्ने आवश्यकता भएन,ु उनले थपे, ुप्रतिपक्षमा एमाले ठूलो दल होला तर हामी एमालेको पछि लाग्यो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । हामी एमालेको पछि लाग्ने होइन, जनताको मुद्दाको पछि लाग्ने हो । न हिजो हामी माओवादीको पछि थियौं, न कांग्रेसको पछि थियौं, न एमालेको पछि हौं ।ु

प्रतिपक्षको बेन्चमा सँगै हुँदा जनजीविकाका साझा मुद्दामा एमालेसँग कुरा मिल्न जाने तर एमालेको पछि रास्वपा नलागेको लामिछानेको भनाइ थियो । एमालेले संसद् विकास कोषको विषयमा आफ्नो धारणा स्पष्ट नराखेपनि रास्वपा आफ्नो अडानमा कायम रहेको लामिछानेको भनाइ थियो ।

ुअहिले पनि प्रतिपक्षमा मुद्दा होलान् तर सबै एउटै हुन सक्दैन । जस्तो सांसद विकास कोषको नाम जे दिएपनि हाम्रो आफ्नो अडान छ । एमालेको अडान के हो त रु,ु उनको प्रश्न थियो । रास्वपा अरु नै दलको पछि लागेको भन्ने ट्याग ठिक नभएको उनको भनाइ थियो । मिटरब्याज सम्बन्धी विधेयकका बारेमा रास्वपाको मत स्पष्ट रहेको बताउँदै उनले सत्ता पक्षमा रहेका दलहरू नै बरु त्यसमा सहयोग नगर्ने पक्षमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

सम्बन्धित

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

टुँडिखेलमा सेनाको घोडेजात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com