ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षासँगै आएको बाढीले भारतको हिमाचल प्रभावित,कम्तीमा ५ जनाको निधन


ABC NEWS

नयाँदिल्ली एजेन्सी २५ असार । पछिल्लो दुई दिनयतादेखि परिरहेको भारी वर्षाका कारण भारतका उत्तर–पश्चिम क्षेत्रमा आएको बाढीले त्यहाँको जनजीवन प्रभावित बनेको छ । आइतबार साँझसम्म कम्तीमा ५ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मुसलधारे वर्षाका कारण व्यास नदीमा आएको बाढीका कारण हिमाचलको कुल्लु क्षेत्रमा रहेको राष्ट्रिय राजमार्ग ३ को एक भाग बगाइदिएको छ । सिमलास्थित मौसम विभाग कार्यालयले यसअघि नै शनिबारदेखि दुई दिन अत्यधिक वर्षा हुने भन्दै हिमाचल प्रदेशका ७ जिल्लामा बाढी आउने चेतावनीसहित ‘रेड अलर्ट’ जारी गरेको थियो ।

अविरल वर्षाका कारण हिमाचलका चम्बा, काँगडा, कुल्लु, मन्डी, ऊना, हमिरपुर र बिलासपुर जिल्ला बढी प्रभावित छन् । यहाँको मौसम विभागले यस क्षेत्रमा २ सय ४ मिलिमिटरभन्दा बढी वर्षाको खतरा रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । पश्चिमी वायु सक्रिय भएका कारण हिमाचलमा बिहीबारसम्म वर्षा हुन सक्ने मौसम विभागले जनाएको छ ।

मन्डी जिल्लाका नदीनालामा आएको बाढीका कारण चण्डीगढ मनाली नेसनल हाइवेलाई कटान गरेको छ । त्यसैगरी पन्डोह बजारमा बाढी पस्दा घरमै फसेका ६ जनालाई स्थानीय प्रहरीसहित रेस्क्यु टिमले उद्धार गरेको छ । व्यास नदीसहित सहायक नदीहरूमा आएको बाढीका कारण यहाँको पन्डोह ड्यामका सबै ढोकाहरू खोलिएको छ भने स्थानीयलाई घरबाट बाहिर ननिस्कन भनिएको छ ।

वर्षाका कारण सोलन जिल्लाको कसौलीमा पहिरो जाँदा केही भवनहरू क्षतिग्रस्त भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अधिकारीहरूका अनुसार यस घटनामा मानवीय क्षति भने भएको छैन । तर पहाडी क्षेत्रमा बाढीसँगै आएको पहिरोका कारण भारतको मध्यपर्वतीय क्षेत्रमा खानेपानी, बिजुली तथा सञ्चार क्षेत्रमा व्यापक असर गरेको बताइएको छ ।

व्यास नदीमा आएको बाढीका कारण यस क्षेत्रका ९१ सडक खण्डमा यातायात आवागमन बन्द गरिनुका साथै कम्तीमा ७३ जल आपूर्ति योजना र ६९ ट्रान्सफर्मरमा असर पारेको राज्य आपत्कालीन सञ्चालन केन्द्रले जनाएको छ ।

दुई दिनयताको वर्षासँगै आएको बाढीपहिरोका कारण हिमाचल क्षेत्रमा कम्तीमा ३ सय ५० करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक आँकडा गरिएको छ । स्थानीयहरूले यस पटक सन् १९९४ पछिको ठूलो बाढी आएको बताएका छन् । चार वर्षअघि पनि यस क्षेत्रमा वर्षासँगै बाढी आए पनि यति ठूलो जनधनको क्षति भने पुर्‍याएको थिएन ।

एकै परिवारका ३ को मृत्यु

सिमला– मुसलधारे वर्षाका कारण भारतको हिमाचल प्रदेशस्थित सिमलामा आइतबार बिहान एक घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सिमलाको कोटगढ गाउँमा भएको उक्त घटनामा परी घाइते भएका दुई जनाको नजिकैको अस्पतालमा उपचार भइरहेको सरकारी अधिकारीले बताएका छन् । उत्तर प्रदेशको मैनपुरीमा पनि गत शनिबार चट्याङमा परी एक महिलासहित तीन जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com