ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाउप्राधिकरणका महानिर्देशक अधिकारीलाई पर्यटन मन्त्रीको दोस्रो तीन दिने स्पष्टीकरण


ABC NEWS
असार २१, २०८० बिहीबार  १२ : १९ बजे

काठमाडौं २१ असार। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दोस्रो स्पष्टीकरण सोधेका छन् ।

पहिलो स्पष्टीकरणको जवाफ अधिकारीले नदिएपछि ‘के कति कारणले जवाफ नदिएको हो’ भन्ने बेहोराको दोस्रो स्पष्टीकरण मन्त्री किरातीले सोधेका छन् ।

पर्यटन मन्त्रालयका अनुसार बुधबारको मन्त्रीस्तरीय निर्णयबाट दोस्रो स्पष्टीकरण सोधिएको हो । तीन दिनको समय राखेर स्पष्टीकरण सोधिएको छ ।

यसअघि गत असार ११ गते ९ बुँदे प्रश्न सोधिएको थियो । ७ दिनको समय राखि सोधिएको प्रश्नको जवाफ महानिर्देशक अधिकारीले दिएका थिएनन् ।

उनले आफूलाई मन्त्रीपरिषद्ले नियुक्ति दिएको भन्दै स्पष्टीकरण नदिने अडान राखेका थिए । अब तीन दिन भित्र पनि जवाफ नआएमा भने कानून अनुसार प्रक्रिया अगाडि बढ्ने स्पष्टीकरण पत्रमा उल्लेख छ ।

तीन दिनभित्र स्पष्टीकरण नबुझाए प्राधिकरणका महानिर्देशक अधिकारी निलम्बन हुने

नागरिक उड्यन प्राधिकरण महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टीकरण, किन बर्खास्त नगर्ने ? (पत्र)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

वैदेशिक रोजगारमा रहेका युवाबाट ‘भावनात्मक ब्ल्याकमेल’– एमालेका नेता प्रदीप ज्ञवाली (भिडियोसहित)

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com