ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा स् गर्मी बढ्ने, दिन लामो हुने


एबीसी न्यूज

काठमाडौ असार २१ । आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा हुने नेपालका खगोलविदहरुले बताएका छन् । यसो हुँदा उत्तरी ध्रुवमा दिन लामो, रात छोटो र गर्मी हुन्छ ।यसको विपरीत दक्षिणी ध्रुवमा जस्तै अष्ट्रेलिया, न्यूजिल्याण्डमा दिन छोटो, रात लामो र चिसो हुन्छ यो जानकारी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समिति कीर्तिपुरले दिएको हो ।समितिका निमित्त कार्यकारी निर्देशक डा। सनतकुमार शर्माका अनुसार पृथ्वीको सूर्यको वरीपरी घुम्ने परिभ्रमण पथ ९कक्ष० अण्डाकार छ ।

जसले गर्दा पृथ्वी वर्षमा एक पटक सूर्यको सबभन्दा टाढा पुग्ने गर्दछ । यसलाई सूर्यदुरुस्थ भनिन्छ ।पृथ्वी र सूर्यको सालाखाला दुरी १५ करोड किलोमिटर छ र पृथ्वीको अण्डाकार पथले गर्दा दुरीमा परिवर्तन भैरहन्छ । परिणाम स्वरूप पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति अलि कम हुन जान्छ ।जबकी सबभन्दा नजिक पुग्दा गति छिटो हुन्छ । ‘परिणाम स्वरूप यस समयमा दक्षिण ध्रुवभन्दा उत्तरी ध्रुवको दिन केही लामो हुन जान्छ,’ कार्यकारी निर्देशक डा। शर्माले भने ।

उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत व्यक्तिहरू र दक्षिणी ध्रुवमा केवल १० प्रतिशत व्यक्तिहरु बसोबास गर्दछन् ।पृथ्वी सूर्यबाट टाढा पुग्दा किन गर्मी हुन्छ पृथ्वी सूर्यको सबभन्दा टाढाको विन्दु र सबभन्दा नजिकको विन्दुमा पुग्दा केही लाख किलोमिटरको फरक परे तापनि यसले तापक्रममा त्यति परिवर्तन ल्याउँदैन । तर अनौठो कुरा के छ भने पृथ्वी सूर्यबाट सबभन्दा टाढाको विन्दुमा पुगेको समयमा असार र साउन महिनामा सबभन्दा बढी गर्मी हुन्छ ।

यसको कारणबारे प्रष्ट्याउँदै विकास समितिले भनेको छ, ‘यसो हुनुको मुख्यकारण पृथ्वी आफ्नो अक्षमा २३।५ डिग्री झुकेको हुनु हो । जसले गर्दा पृथ्वीमा ऋतुहरू परिर्वतन हुने गर्दछन् । जुलाई ६ अर्थात आषाढ २१ गते पृथ्वी सूर्यबाट टाढा रहेतापनि २३।५ डिग्री सूर्यतिर झुक्ने हुँदा यसले सूर्यको पूर्ण चमक र प्रकाशलाई अत्यधिक ग्रहण गर्न सक्षम हुन जान्छ र उत्तरी ध्रुवमा सबभन्दा बढी गर्मी अनुभूति हुन्छ ।’

समितिले भनेको छ, ‘उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत व्यक्तिहरू बसोबास गर्दछन् भने केवल १० प्रतिशतमात्र दक्षिणी ध्रुवमा बसोबास गर्दछन् । यही समयमा दक्षिणी ध्रुवमा ९जस्तै अष्ट्रेलिया, न्यूजिल्याण्ड आदि० सूर्यबाट टाढा झुकेको हुनाले दिन छोटो, रात लामो र चिसो हुन जान्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com