ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घोराही सिमेन्टको आईपीओ छलीमा एनआईसी बैंकको मिलिभगत, छानबिन गर्ने धितोपत्र बोर्डको निष्कर्ष


एबीसी न्यूज

काठमाडौं २० असार । घोराही सिमेन्टको सार्वजनिक निष्कासन(आइपीओ)मा छलीमा एनआईसी एशिया बैंकसमेत मुछिएको छ । धितोपत्र बोर्डको छानबिनको क्रममा एनआईसी एशिया बैंकको मिलोमतोमा सर्वसाधारणलाई भ्रम पार्न खोजेको देखिएको छ ।
आस्वा सदस्य एनआईसी एशिया बैंकले आवेदकको खातामा पैसा पर्याप्त नभए पनि आवेदक स्वीकृत गरेको बोर्डको छानबिनमा देखिएको छ । “खातामा पैसा नभए पनि एनआईसी एशिया बैंकले आवेदन स्वीकृत गरेको विषय छानबिन गर्नुपर्ने देखिएको छ,” बोर्डले आफ्नो प्रतिवेदनमा भनेको छ ।

घोराही सिमेन्टको मुख्य लगानीकर्ता त्रिवेणी ग्रुप र विशाल ग्रुप हो । एनआईसी एशिया बैंक पनि मुख्य लगानीकर्तामा विशाल ग्रुप र त्रिवेणी ग्रुप नै रहेको छ । यसले घोराही सिमेन्टको आइपीओ महंगो मूल्यमा बेच्नको लागि संगठित रुपमा प्रवर्धकले ठगी गर्न खोजेको आशंका दिएको छ । घोराहीको रेटिङ विशाल ग्रुप नै प्रवर्धक रहेको केयर नेपालबाट भएको थियो । विशाल ग्रुपले नियम विपरीत आफ्नो लगानी रहेको केयर नेपालबाट रेटिङ गराउने काम गरेको छ ।
बोर्डको खातामा पैसा नभए पनि ठूलो रकमको कित्ता परेका व्यक्तिलाई जालसाजीमा प्रहरीले अनुसन्धान गरेर मुद्दा चलाउन सक्ने सुझाव दिएको छ ।
घोराही सिमेन्टको आइपीओ आरक्षण हुने स्थानीय,कर्मचारी,सामूहिक लगानी कोष र वैदेशिक रोजगारीमा रहेकाहरुले किनेका थिएनन् । घोराहीले १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेर ४३५ रुपैयाँमा आइपीओ निष्कासन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?

सम्बन्धित

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?

प्रधानमन्त्री ओलीसँग देउवाले गरे एक घण्टा छलफल

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा मुछिएका तत्कालीन महासचिव श्रेष्ठ ५ लाख धरौटीमा रिहा

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाको दूरभास चेतावनी – ‘टेक एण्ड पे’को व्यवस्था नहटाए बजेट पारित हुँदैन

देउवासँग एक घण्टा छलफल गरेर ओली मन्त्रिपरिषद् बैठकमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com