ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीमा राप्रपाले गठबन्धनलाई नसघाउने, गठबन्धनले सभामुखसहित ४७ सांसदको दाबी पेश गर्ने


एबीसी न्यूज

 

विराटनगर २० असार । कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखले दिएको समयसीमा घर्किँदै जाँदा कांग्रेससहितको गठबन्धनले राप्रपाको समर्थन पाउने सम्भावना कमजोर देखिएको छ ।गठबन्धन दलहरुमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी रहेका छन् । उनीहरुसँग सभामुखसहित ४७ सांसद मात्रै छन् ।

सहज बहुमतका लागि राप्रपासहितको समर्थन आवश्यक पर्ने भन्दै ती दलका शीर्ष नेताको बैठकले समर्थन जुटाउने जिम्मा नेपाली कांग्रेसलाई नै दिइएको थियो । तर, यसबीचमा राप्रपासँग भएको छलफलले कुनै ठोस निष्कर्ष निकाल्न सकेको छैन ।

‘हामीसँग सबै राजनीतिक दलहरुले अनौपचारिक र औपचारिक रुपले कुराकानी गरिराख्नु भएको छ । धेरैजसो अनौपचारिक छलफल नै भएका छन् । कुनै पनि कुराले अहिलेसम्म ठोस आकार लिएको छैन,’ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘राप्रपाले अहिले कोशी प्रदेशको सरकार निर्माणको प्रक्रियामा कांग्रेस र एमाले नै मिलेर सरकार बनाउन् भन्ने चाहना राखेको छ । यसमा हामी नपरे हुन्थ्यो भन्ने हामीले सोचेका छौं ।’

राप्रपा अध्यक्ष लिङ्देनले आजैभोलि नै कुनै सहमति जुट्ने अवस्था नरहेको प्रतिक्रिया दिए । ‘सरकार निर्माणका विभिन्न चरण प्रारम्भ भएको छ । त्यसमा भर्खरै दुई वा दुईभन्दा बढी दलहरू मिलेर सरकारको दाबी गर्ने चरण चलिरहेकोमा अरु चरण बाँकी छ । अन्तिमसम्म हेरौं न,’ उनले भने ।

लिङ्देनले प्रदेश सरकारको स्थायित्वका लागि काँग्रेस र एमाले मिल्नुपर्ने आफ्नो धारणा रहेको भएपनि अन्तिम अवस्थामा सरकारमा नगई सरकारलाई समर्थन गर्न सक्ने संकेत गरे । तर, त्यसका लागि सरकार निर्माणको अन्तिम विकल्प मात्रै बाँकी रहेको अवस्थामा हुने उनको संकेत थियो ।

राप्रपाको यही अडानका कारण बहुमतको सरकारको दाबी गर्ने समयावधि असार २१ साँझ ५ बजेसम्ममा चार दलले ४७ सांसदको मात्रै समर्थन हुने गरी दाबी प्रस्तुत गर्ने भएका छन् ।

‘अहिलेसम्मको छलफलको अवस्था हेर्दा सभामुखसहितको संख्या ४७ लिएर मुख्यमन्त्रीको दाबी जाने देखियो,’ गठबन्धनका एक नेताले भने, ‘विश्वासको मत लिने समयसम्ममा परिस्थिति बदलिएन भने अब बन्ने सरकारको आयु पनि ३० दिनको मात्रै हुने भयो ।’

जसपाका कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले आफूहरुले पनि नयाँ बन्ने सरकारलाई समर्थन दिने बताए । ‘हामी समर्थन दिन्छौं । तर, सरकारमा सहभागी बन्दैनौं,’ उनले भने, ‘कोशी नामको बारेमा पुनःविचार गर्ने लिखित प्रतिबद्धता भएमात्रै सरकारमा सहभागी हुन्छौं ।’

यसअघि तटस्थ बस्ने बताएको जसपाले पनि समर्थन गरेपछि असार २१ गते बिहीबार काँग्रेस संसदीय दलका नेता उद्धब थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै चार दलले प्रदेश प्रमुख पर्शुराम खापुङलाई दाबी प्रस्तुत गर्नेछन् ।

प्रदेशसभामा काँग्रेसका २९, माओवादी केन्द्रका १३ (सभामुखसहित), नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ सांसद छन् । माओवादीको सांसद संख्या १२ मात्रै गन्न पाउने एमालेलगायतको दावी छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ । माओवादी केन्द्रबाट निर्वाचित भएर सभामुख भएका बाबुराम गौतमलाई नजोड्ने हो भने गठबन्धनसँग जम्मा ४६ प्रदेशसभा सदस्य मात्रै हुन्छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४० सिट छ भने राप्रपासँग ६ जना सांसद छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com