काठमाडौं १९ असार । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गर्दा लागेको खर्च राष्ट्रपति पौडेलले आफै व्योहर्ने बताएपनि सरकालाई नै खर्च व्योहर्न निकासा मागेका छन् ।
राष्ट्रपष्तिक प्रेस संयोजक खिला कार्कीले निकालेको विज्ञप्तिमा भारतको नयाँ दिल्लीस्थित अखिल नेपाल भारतीय आयुर्विज्ञान संस्थान (एम्स मा उपचार गर्दा लागेको खर्च राष्ट्रपति आफैंले बेहोर्ने इच्छा व्यक्त गरेको उल्लेख थियो।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासहितले राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैंले ब्योहर्न तयार हुनुपर्ने सार्वजनिक टिप्पणी गरेपछि शीतल निवासबाट राष्ट्रपतिको इच्छाबारेको विज्ञप्ति आएको थियो।
‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयम्ले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ,’ कार्कील निकालेको विज्ञप्तिमा भनिएको थियो।
हिजो मात्र नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले राष्ट्रपतिलाई आफ्नो उपचार खर्च आफैँ बेहोर्न आग्रह गरेका थिए।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि गत वैशाख ६ गते भारत गएका राष्ट्रपति पौडेल वैशाख १७ गते स्वदेश फर्किएका थिए।
स्वदेशमा उपचार नगरी विदेश गएको भनी कतिपयले राष्ट्रपति पौडेलको आलोचना गरिरहेका बेला उनी आफैँले उपचार खर्च बेहोर्ने घोषणा गरेर प्रशंसा कमाएका थिए।
तर उनै राष्ट्रपति पौडेलले दिल्लीमा गरेको उपचार खर्च आफैं ब्यहोर्ने कुरा उनको इच्छामै सीमित भएको भन्दै व्यअपक आलोचना भएको दिल्लीमा राष्ट्रपतिको उपचार गराउँदा लागेको खर्च माग्दै बिलसमेत अर्थ मन्त्रालयमा पुगेको छ।
पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ ।
१२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा १५ गते प्राप्त भएको र त्यसअनुसार रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको परराष्ट्रका लेखा शाखाका उपसचिव भेषप्रसाद भुर्तेलले जानकारी दिए ।
परराष्ट्र मन्त्रालयले राष्ट्रपति पौडेलको उपचार खर्चवापतको बिलअनुसार ५५ लाख २ हजार २७९ रुपैयाँ रकम माग्दै सोमबार अर्थ मन्त्रालयमा पत्र पठाएको हो।
उपचार खर्च निकासाका लागि भन्दै परराष्ट्रले अर्थलाई लेखेको पत्रमा राष्ट्रपतिको उपचार खर्चको बिल भरपाई भुक्तानीका लागि पेश भएको जनाएको छ।
‘त्यसअनुसार उक्त रकम भुक्तानी गर्न बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयको उपचार लगायतको खर्चका लागि प्रचलित कानुन तथा स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी ५५ लाख ४ हजार ६ सय ५४ को सहमति प्राप्त भएको छ’, परराष्ट्रको पत्रमा भनिएको छ, ‘तसर्थ, उक्त कार्यक्रमका लागि भएको यथार्थ खर्चको बिल भरपाई बमोजिमको रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५ लाख २ हजार २७९ मात्रै तपसिलको खर्च शीर्षक नम्बर र क्रियाकलापमा बजेट निकासाका लागि अर्थ मन्त्रालयमा लेखी पठाइएको छ। असार १८ गतेको सचिवस्तरको निर्णयको प्रतिलिपि र अन्य आवश्यक कागजात यसै साथ संलग्न राखी पठाइएको ब्यहोरा सादर अनुरोध गरिन्छ।’
त्यसबेला राष्ट्रपति पौडेलको उपचारका लागि सहयोगीका रुपमा ११ जना दिल्ली गएको विवरण पनि परराष्ट्र मन्त्रालयले अर्थमा पठाएको छ।
राष्ट्रपतिसँग उनकी पत्नी र छोरा, २ जना नाति, शिष्टाचार महापाल, सुरक्षाकर्मीसहित ११ जना दिल्ली गएको पनि पत्रमा जनाइएको छ।
को को गएका थिए दिल्ली ?
१. राष्ट्रपति रामचन्द्र पौडेल
२. राष्ट्रपति पत्नी सविता पौडेल
३. राष्ट्रपतिका छोरा चिन्तन पौडेल
४. राष्ट्रपतिका नाति रिसभ खनाल
५. राष्ट्रपतिका नातेदार डा। सुलभ खनाल
६. नायब शिष्टाचार महापाल पारस पण्डित
७. प्रमुख सेनानी श्री विजय थापा
८. सेनानी विपिन अर्याल
९. सेनानी बिमल खत्री
१०. राष्ट्रपतिका स्वकीय शाखा अधिकृत हरिश्चन्द्र पौडेल
११. जमदार रमेशकुमार कार्की








प्रतिक्रिया दिनुहोस्