ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीमा सरकार बनाउन देउवाले लिङ्देनको सहयोग मागे,राप्रपा अझै अनिर्णित


ABC NEWS
असार १९, २०८० मंगलबार  २ : ०२ बजे

काठमाडौं १९ असार । कोशी प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउने सहमति सत्ता गठबन्धनमा जुटाएपछि नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सहयोग मागेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले विभिन्न तहका नेताहरु परिचालित गरेर कोशीमा राप्रपालाई आफ्नो पक्षमा ल्याउने पहल थालेका हुन्। कोशी प्रदेश सभापति एवम् संसदीय दलका नेता उद्धव थापालाई भावी मुख्यमन्त्रीका रुपमा अघि सारेको कांग्रेसले राप्रपासको साथबिना सरकार बनाउन सक्दैन।यो अवस्थमा कांग्रेस सभापति देउवाले विभिन्न तहका नेताहरुलाई राप्रपा फकाउन परिचालित गरेका हुन्। कांग्रेसबाट नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र कोशीमा संसदीय दलका नेता उद्धव थापा पनि राप्रपा नेताहरुलाई फकाउन सक्रिय भएका छन्। ९३ सांसद रहेको कोशीमा सरकार बनाउन बहुमतका लागि ४७ जना चाहिन्छ।
यस्तोमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादीका १ सहित सत्ता गठबन्धनसँग सांसद संख्या ४६ मात्रै हुन्छ।६ जना सांसदसहितको राप्रपा यसअघि एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की नेतृत्वको सरकारमा थियो। तर राप्रपाले कार्की नेतृत्वको सरकार ६ महिनामै ढलेपछि आफूलाई खुल्ला गरिसकेको छ।यो अवस्थामा कोशीमा निर्णायक बनेको राप्रपालाई आफूतिर तान्न कांग्रेसले बल गरिरहेको छ।
‘कांग्रेसका नेताहरु विभिन्न च्यानलबाट हामीसँग सहयोग माग्दै आउनु भएको छ’, राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने, ‘तर हामीले कोशीको सरकारबारे अहिलेसम्म कुनै निर्णय गरिसकेका छौँ। अध्यक्ष राजेन्द्र लिङ्देन पनि अहिले आन्तरिक परामर्श र संवादमै हुनु हुन्छ।’कोशीबारेमा निर्णय लिने जिम्मा पनि राप्रपाले लिङ्देनलाई दिएको छ। तर यसअघिका चुनावमा एमालेसँग तालमेल गरेकाले उक्त सहकार्य तोडेर अर्को गठबन्धनसँग मिसिने कुराको निष्कर्षमा पुगिसकेका छैनन्।कोशीमा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले गठबन्धनका नेताहरुबाट कुरा आए पनि अझै निर्णयमा पुगिनसकेको बताए। स्रोतका अनुसार कोशीमा नयाँ सरकारलाई लिएर राप्रपामा दुई धार देखिएको छ।
अध्यक्ष लिङ्देनसहितका नेताहरु एमालेसँगको सहकार्य बचाइराख्नुपर्ने पक्षमा देखिएका छन्। तर वरिष्ठ नेता पशुपति शमशेर जबराहरु कांग्रेससँग सहकार्य गरेर जानुपर्ने पक्षमा देखिएका छन्। सरकारका लागि ४७ जनाको बहुमत पुर्‍याउने कसरतमा कांग्रेस लागेको छ। राप्रपाले साथ दिएमा गठबन्धनसँग ५२ जना सांसद हुनेछन्। जसले सजिलै सत्ता यात्रा हुने आकलनसहित कांग्रेस अहिले राप्रपा फकाउन लागेको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

वैदेशिक रोजगारमा रहेका युवाबाट ‘भावनात्मक ब्ल्याकमेल’– एमालेका नेता प्रदीप ज्ञवाली (भिडियोसहित)

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com