ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्राफिक व्यवस्थापनमा समस्या


एबीसी न्यूज

काठमाडौं,१९ असार । पोखराको पृथ्वीचोकमा सुविधासम्पन्न बसपार्क निर्माणका लागि चार दशकअघि नै जमिन छुट्याइएको थियो । विसं २०३२ मा बसपार्कका लागि दुई सय पाँच रोपनी जमिन छुट्याइए पनि हालसम्म बसपार्कको पूर्वाधार बन्न सकेको छैन । जग्गासमेत अतिक्रमणमा परेको छ । बर्सेनि बसपार्कको जमिन खुम्चिँदै गएको छ ।

पर्यटकीय सहर पोखरामा सुविधासम्पन्न बसपार्क नहुँदा सडकपेटीबाटै लामो तथा छोटो दूरीका बस गन्तव्यका लागि छुट्नुपर्ने बाध्यता छ भने बसपार्कका लागि तोकिएको क्षेत्रबाट समेत सवारी साधन छुटेका छैनन् ।

पृथ्वी होटल व्यवसायी समितिले सोमबार आयोजना गरेको कार्यक्रममा सरोकारवालाले बसपार्कभित्रबाट बस सञ्चालन नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको बताएका छन् । सडकमै बस पार्किङ गर्दा सडक अस्तव्यस्त र कुरुप भएकाले बस समितिले बसपार्कबाट गाडी सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।

सहारा क्लब पोखराका पूर्वअध्यक्ष विक्रम थकालीले सडकमा पार्किङ गरेर बस छुटाउँदा पृथ्वीचोक अस्तव्यस्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो दूरीका गाडीसमेत सडकबाटै छुटाउँदा पृथ्वीचोकबाट चाइना पुलसम्म अस्तव्यस्त भएको छ । पृथ्वीचोकलाई व्यवस्थित गर्न बस बसपार्कबाटै छुट्नुपर्दछ । यसमा सरोकारवालाको ध्यान पुगोस् ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले बस सञ्चालकको लोभका कारण बसपार्कबाट बस नछुटेको बताउनुभयो । उहाँले सडकबाट गाडी छुटाउँदा ट्राफिक व्यवस्थापनमा प्रहरीलाई सकस भएको बताउनुभयो ।

यात्रु तान्नका लागि बसहरू सडकमै पार्किङ गर्ने गरिएको उहाँको जिकिर छ । पाठकले भन्नुभयो, “यात्रु छोप्नका लागि सडकमै पार्किङ गर्ने गरिएको छ । बस बसपार्कभित्रै छिर्नुपर्दछ । बसपार्कभित्रका ग्यारेज हटाएर यसलाई अझै व्यवस्थित गर्नु आवश्यक छ ।”

यातायात व्यवसायी भानुभक्त बरालले बसपार्क सानो भएकाले बसपार्कबाट बस नछुटेको बताउनुभयो । उहाँले पोखरा बसको ‘क्यू’ बसपार्क केन्द्रित नभइकन भ्याली केन्द्रित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बसपार्क व्यवस्थित भयो भने बल्लमात्र बस बसपार्कबाट छुट्छन् ।”

पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्कमा ग्राभेल हालेर व्यवस्थित गर्न सुरुआत गरिएको बताउनुभयो । उहाँले व्यवस्थित बसपार्क निर्माणका लागि महानगरमा सबैले दबाब दिनु आवश्यक भएको बताउनुभयो । महानगरले समेत आगामी वर्ष बसर्पाकका लागि बजेट विनियोजन नगरेकामा अध्यक्ष मर्सानीले दुःखेसो पोख्नुभयो ।

उहाँले भन्नुभयो, “वडाको बजेटले बसपार्क बनाउन सकिँदैन । महानगर, प्रदेश सरकार र सङ्घीय सरकारलाई दबाब दिनु आवश्यक छ, बसपार्कका लागि आन्दोलन गर्न परे पनि अब पछि हट्नु हुँदैन ।”

पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष बालकृष्ण न्यूरेले विभिन्न कारणले पोखराको मुख्य बसपार्क व्यवस्थित हुन नसके पनि अब राज्यलाई दबाब दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले भएको बसपार्कलाई व्यवस्थित गरेर आगन्तुक पाहुनालाई सभ्य र सुरक्षित पोखराको महसुुस गराउनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com