ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलित बस्तीमा ‘एक घर एक धारा


एबीसी न्यूज
असार १९, २०८० मंगलबार  १ : ३९ बजे

काठमाडौं,१९ असार । बेनी नगरपालिका–५ भिरमुनिको सिरानटोलमा खानेपानी आयोजना बनेपछि स्थानीय हर्षित बनेका छन् । अधिकांश दलित समुदायको बसोबास रहेको यस गाउँमा गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ खानेपानी अभियानअन्तर्गत घर–घरमा खानेपानीको धारा निर्माण भएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले सञ्चालन गरेको पुरुन्ते खानेपानी आयोजना आयोजनाअन्तर्गत यस गाउँका ६० घरधुरीमा खानेपानीको धारा निर्माण भएको छ । यस वर्ष विनियोजन भएको रु १५ लाख बजेटबाट ६० घरमा धारासहित पाइप लाइन निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर दमैले बताउनुभयो ।

उहाँका अनुसार सिरानटोल, बूढाघर, बाटामुनि, गैराघर टोलसम्म यस आयोजनाबाट खानेपानी वितरण हुनेछ । यस आयोजनाबाट ४५ घर दलित समुदाय र १४ घर गैरदलित समुदाय लाभान्वित बनेका छन् । अघिल्लो वर्ष विनियोजन भएको रु पाँच लाख बजेटबाट इन्टेक, ट्याङ्की र मुख्य पाइप लाइन निर्माण भएको र यस वर्ष धारा निर्माण सकिएको अध्यक्ष दमैले जानकारी दिनुभयो ।

सातवटा घरमा खानेपानी सञ्चालन भइसकेको र अन्य घरमा धारा र मिटर जडानको काम बाँकी रहेको स्थानीय जगत् परियारले जानकारी दिनुभयो । विगतमा एउटै धारामा धेरै घरपरिवारले आलोपालोमा खानेपानी र घरायसी प्रयोजनका लागि पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेकामा घर–घरमा खानेपानीको धारा निर्माण भएपछि स्थानीय हर्षित बनेको उहाँको भनाइ छ ।

“खानेपानीका लागि घन्टौँसम्म पालो पर्खनुपर्ने बाध्यता थियो, साझा धाराबाट घर–घरमा पाइपमा पानी खोसाखोस गरेर लैजानुपर्ने बाध्यता अब हट्ने भएको छ, घर–घरमा खानेपानी पुगेपछि पानीको जोहो गर्न लाग्ने समय पनि बचत हुनेछ”, उहाँले भन्नुभयो ।

यस आयोजनामा ध्वाखोलाको मूलमा रहेको पानीलाई पुरानो ट्याङ्कीमा जम्मा गरेर वितरण लाइनमार्फत घर–घरमा खानेपानी पुर्याउने व्यवस्था मिलाइएको छ । आगामी वर्ष खानेपानीको नयाँ सङ्कलन ट्याङ्की र धारा जडानका लागि योजना माग गरिएको उपभोक्ता समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

गण्डकी, बागमती र मधेश प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com