ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेरि बाम एकताको रटानमा प्रचण्ड (भिडियो)


एबीसी न्यूज

काठमाडौं। प्रधानमन्त्री एवं नेकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाम एकताका लागि समाजवादी मोर्चा बनाएको बताएका छन् । उनले प्रमुख प्रतिपक्षी दल नेकपमा एमालेसहितको बाम एकताको विषयमा सार्वजनिक रुपमा अभिव्यक्ति दिइरहँदा स्वयं एमाले भने मौन छ । प्रधानमन्त्री प्रचण्डले बाम एकताका विषयले प्रमुख सत्ता साझेदारी दल नेपाली कांग्रेसलाई नझस्किन भन्दै कांग्रेससँगै मिलेर सरकार चलाउने पनि बताउँदै आएका छन् । कांग्रेस र एमाले दुवै पक्ष मौन रहेको अवस्थामा प्रधानमन्त्री प्रचण्डको बाम एकताको रटानले कम्युनिष्टबाहेकको कांग्रेसलाई डर देखाएर आफ्नो पद सुरक्षित राख्न खोजेको र आफू सदावहार शक्तिशाली बन्न खोजेको टिप्पणी हुन सुरु भएको छ ।

प्रधानमन्त्री एवं नेकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपमा एमालेसहितको बाम एकताको विषयमा सार्वजनिक रुपमा अभिव्यक्ति दिइरहँदा स्वयं एमाले र प्रमुख सत्ता साझेदारी दल नेपाली कांगे्रस भने मौन छन् । प्रधानमन्त्री प्रचण्डले बाम एकताका विषयले कांग्रेस नझस्किन भन्दै कांग्रेससँगै मिलेर सरकार चलाउने पनि बताउँदै आएका छन् । यसरी कांग्रेस र एमाले दुवैलाई सन्तुलनमा राखेर सक्तामा टिकिरहँन र आफ्नो पद टिकारहने रणनीति प्रचण्डले लिएको आशंका गरिन थालिएको छ । कांग्रेस र एमाले दुवै पक्ष मौन रहेको अवस्थामा प्रचण्डले बाम एकताको रटानले कम्युनिष्टबाहेकको कांग्रेसलाई डर देखाएर आफ्नो पद सुरक्षित राख्न खोजेको र आफू सदावहार शक्तिशाली बन्न खोजेको टिप्पणी हुन सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले तत्कालीन नेकपालाई एकतावद्ध गर्नुपर्ने बताउँदै समाजवादी मोर्चा घोषणाको बेलामा पनि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र आफूले फेरि नेकपातिरै फर्किनुपर्ने र फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्ने कुरा उल्लेख गरेको बताए । साथै उनले त्यसका लागि समाजवादी मोर्चा बनाएर बामपन्थीहरुलाई एकतावद्ध गर्ने पहल शुरु गरिसकेको पनि बताए । प्रधानमन्त्री प्रचण्डले कम्युनिष्ट शक्तिलाई एकतावद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्नसक्छ भन्ने ठानेर आफूले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कम्युनिष्टहरुलाई एकतावद्ध गरेको बताए । उनले सबै कम्युनिष्टहरुले आफ्ना त्रुटीहरुलाई सच्याएर अघि बढ्नुपर्ने बताए ।

एकातिर प्रधानमन्त्री प्रचण्डले कम्युनिष्टहरुको एकताको कुराबाट नेपाली कांग्रेस तरंगित हुननपर्ने बताएका छन् । कम्युनिष्टहरुबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध नटुट्ने उनले बताए । विगतका राजनीतिक आन्दोलन कांग्रेस र कम्युनिष्ट मिलेर लडेकाले हालसम्मको उपलब्धि हासिल भएको भन्दै उनले कम्युनिष्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने बताएका हुन् । कांग्रेससँग मिलेर गणतन्त्रको रक्षा, शान्तिप्रक्रियाको कार्यभार पूरा गर्दै देशलाई समृद्धिमा लैजानुपर्ने उनले बताए । यसपटक आफू प्रधानमन्त्री नबने देश दुर्घटनामा जाने सम्भावना देखेर कहिले एमालेसँग र कहिले कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बनेको पनि उनले स्पष्टिकरणसमेत दिए ।

त्यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक क्रान्तिको काम सम्पन्न भइसकेकाले अब जनताको जीवनलाई सुखी, समृद्ध र जनतालाई समानता, अवसर, रोजगारीको हिसावले शिरा ठाडो बनाउने कामको जिम्मेवारी पूरा गर्नुपर्ने बताए । उनले यी सबै कामको जिम्मेवारी कम्युनिष्ट पार्टीबाट नै पूरा हुने भन्दै प्रधानमन्त्री पुष्पकमल प्रचण्डले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने भन्नेकुरामा गहन अध्ययन र खोजी गरी अघि बढ्न आवश्यक रहेको बताए ।

२०१७ पछि निरन्तर टुक्रिने क्रममा रहेको नेकपा २०७५ मा भने शक्तिशाली कम्युनिष्ट पार्टी बन्यो । उसो त वाम शक्तिबीचको यो जुट र फुट इतिहासमा नौलो थिएन, त्यसअघि टुट्दै–फुट्दै स–साना दलमा विभाजित हुँदै झण्डै अवसानको संघारमा समेत पुगेको थियो । त्यसपछि फुटैफुटको इतिहास बोकेको नेकपाले बारम्बार जुटको प्रयास पनि गरेको थियो । साढे चार वर्षअघि माओवादी र एमालेबीच एकता हुनुभन्दा पहिले २० पटक वाम एकता भइसकेकोमा उक्त एकता २१ औं पटकको थियो । ०७५ जेठ ३ गते ठूला दुई कम्युनिष्ट शक्ति नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई नेकपा गठन भयो । संसद्मा एमाले १२१ र माओवादी ५३ सिट रहेकोमा जुटपछि नयाँ पार्टीको १७४ सिटसहित ६४ प्रतिशत जनमतसहितको शक्तिशाली कम्युनिष्ट सरकार बनेको थियो । तर उक्त एकता लामो समय टिक्न भने सकेन र पुरानै दल अस्तित्वमा आए । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो प्रधानमन्त्रीको ‘शक्ति स्वार्थ’का रुपमा भएको उक्त एकता चुँडियो । नेकपा विभाजन भएर पुराना दुई दल पुनः स्थापित मात्रै भएनन्, वरिष्ठ नेता माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी स्थापना गरे । यसरी लामो समयपछि बनेको शक्तिशाली कम्युनिष्ट दल तीन ध्रुवमा विभाजन भयो । विभाजनपछि तीन दलका अध्यक्षदेखि कार्यकर्तासम्मले एकअर्कामाथि गरेका टिप्पणी हेर्दा सहजै पुनः नेकपा ब्युँतिन्छ भन्ने कल्पना कसैको थिएन । तर चुनावपछि पाँचदलीय सत्ता गठबन्धन तोडेर एमालेसहितका ७ दलको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि पुनः वाम एकताको सम्भावना पनि ब्युँतिएको थियो । त्यसको एक महिनामै पुनः एमाले छोडेर कांग्रेससँगकै गठबन्धनमा फर्किएका अस्थिर प्रचण्डको पुनः बाम एकताको रटानलाई भने निकै आश्चर्य र आशंकाको दृष्टिले हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com