ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको छ : अध्यक्ष ओली


एबीसी न्यूज
असार १८, २०८० सोमबार  ७ : ४४ बजे

काठमाडौं, १८ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम्रो काम गरेबापत आफ्नो पार्टीलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको टिप्पणी गर्नुभएको छ ।
भक्तपुरमा निर्माण गरिएको छोरीको घर ज्येष्ठ नागरिक आश्रमु को सोमवार उद्घाटन गर्दै अध्यक्ष ओलीले ‘देश समृद्धि होस्, नागरिक सुःखी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरू आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लाग्ने गरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘देश समृद्ध होस्, नागरिक समृद्ध होऊन्, यस देशको आधुनिकीकरण गर्नुपर्छ, विकास गर्नुपर्छ भन्ने मेरो कुरा सुनेपछि केही मान्छेहरू यो मान्छेलाई सरकारमा पुग्न नदिन केही न केही उपाय गर्नैपर्छ भनेर थाल्छन् । किनभने यी कामहरू गर्नुको अर्थ उनीहरूको कारोबार बन्द हुन्छ । त्यस कारण केही मान्छेहरू त्यसको विरुद्धमा लाग्छन् ।’

ओलीले आफू सरकारमा सहभागी भएको बेला सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता मासिक चार हजार रुपैयाँ पुर्‍याउनेलगायतका थुप्रै काम गरेको तर त्यसको जस आफूलाई नै दिनुपर्छ भन्ने मान्यता नलिएको पनि उल्लेख गर्नुभयो । उहाँले आफू सरकारमा नभए पनि देश र नागरिकका लागि केही न केही काम गरिरहेको दाबीसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कमसेकम के चाँहि भन्न सक्छु भने म सरकारमा हुँदा ज्येष्ठ नागरिक भत्ता प्रतिमहिना चार हजार रुपैयाँ दिने निर्णय गरेको थियो । हाम्रा बालबालिकाहरू अनाथ भएर बस्न सुहाउँदैन भनेर उनीहरूको खाने, बस्ने, पढ्ने प्रबन्ध सुरु गराएँ । बाटाघाटाले नेपाल जोडियोस्, दुर्गम ठाउँ कहीँ पनि नरहोस् भनेर हुलाकी बाटोलाई दुई लेनको राजमार्ग बनाइएको हो । मदन भण्डारी राजमार्ग नयाँ बनाइएको हो । जनकपुरमा रेल ल्याइएको हो । म नेपालको दुर्गम ठाउँहरू घुम्न गएको छु । चाँहे मिली भ्याली होस्, चाहे रुबी भ्याली होस्, चाहे अरू ठाउँहरू हुन् । झापाको मात्रै कुरा होइन, म देशभरिका नागरिकलाई माया गर्छु । झापाको बाटो बनाउने कुरा होइन्, म देशभरि बाटो बनाउँछु । योबापत मैले श्रेय पाउँ भनेर होइन । मलाई श्रेय पाउनुरनपाउनुसँग खासै अर्थ राख्दैन । कसैले राम्रो भनोस्, राम्रो नभनोस् तर राम्रो काम चाँहि गर्नैपर्छ ।’देश र नागरिकको सेवा गरेबापत प्राप्त हुने सन्तुष्टि नै आफ्ना लागि सबैभन्दा ठूलो प्राप्ति हुने गरेको ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

गण्डकी, बागमती र मधेश प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा

सम्बन्धित

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

चीन र अमेरिका आणविक विनाशको जोखिम निम्त्याउँदै

अध्यादेशको धक्का: ११० संस्थाका १५९४ पदाधिकारी एकैपटक पदमुक्त !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com