ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्ड आगामी भदौमा चीन भ्रमणमा जाने पराष्ट्रमन्त्री साउदको जानाकारी


ABC NEWS

धनगढी १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौ महिनामा उत्तरी छिमेकी चीनको भ्रमणमा जाने भएका छन्।

कैलालीको धनगढीमा प्रेस युनियनले सोमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिएका हुन्।

साउदका अनुसार आगामी सेप्टेम्बर अर्थात् भदौ महिनामा चीन भ्रमणमा जाने गरी प्रधानमन्त्रीको कार्यक्रम तयार भइरहेको छ।

‘प्रधानमन्त्रीजीको चीन भ्रमण पनि हुँदैछ। सेप्टेम्बरमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा केही उपलब्धि हुनेछ’, उनले भने, ‘उत्तरतिर चीन आर्थिक र राजनीतिक रुपमा पनि उदाएको छ। चीनको विकासको छलाङलाई नेपालमा पनि उपयोग गर्न सक्नुपर्छ।’

साउदले अहिले पनि नेपालले भारतसँग दुईतिहाइ व्यापार गरिरहेको बताएका छन्। ‘सामाजिक र सांस्कृतिक सम्बन्ध पनि छ। पारवहनका लागि चीन र तेस्रो मुलुकबाट हुने व्यापार हिन्द महासागरबाट हुन्छ’, उनले भने, ‘चीन र भारतको उदाउँदो अर्थतन्त्रबाट लाभ लिन सक्छौँ।’

उनले दल विशेषको परराष्ट्र नीति र नेता विषेशको सम्बन्ध भएर नहुने बताउँदै अब सबैलाई स्वीकार्ने परराष्ट्रनीति बनाउने पनि जानकारी दिए।

‘विगतमा केही कमीकमजोरी भएका छन्। अहिले हामी त्यसलाई सच्याएर जाँदैछौँ। सबै दललाई स्वीकार्य हुने परराष्ट्र नीति बनाउँदैछौँ’, उनले भने।

गत जेठ १७ देखि २१ सम्म भएको प्रधानमन्त्रीको भारत भ्रमणमा पनि केही ठूला उपलब्धि भएको उनले दाबी गरे।

‘भारतले १० हजार मेगावाट बिजुली किन्न तयार छ भनेर एमओयू गरेको छ’, उनले भने, ‘प्रधानमन्त्रीजीको चीन भ्रमण पनि हुँदैछ।’

उनले आफू सोमबारै अजरबैजान जान लागेको पनि बताए।

‘नेपाल असंलग्न परराष्ट्र नीतिमा हिँडेको छ। सैनिक गठबन्धनमा पनि तटस्थ छ। अजरबैजानको बाकुमा हुने परराष्ट्रमन्त्री स्तरीय सम्मेलनमा आजै जाँदैछु’, उनले भने, ‘असंलग्न आन्दोलनलाई चिनाउन पनि म कुरा उठाउने छु।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com