ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आधारभूत स्काउट तालिम सम्पन्न


एबीसी न्यूज

रुपन्देही, १८ असार। स्थानीय स्काउट देवदहको आयोजनामा असार १२ गते देखी सुरु भएको एकहप्ते स्काउट तालिम सम्पन्न भएको छ। तालिममा सामुदायिक तथा निजि विद्यालयका २० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो।समापन कार्यक्रममा बोल्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले स्काउट तालिमले विद्यार्थीलाई अनुशासनमा कायम राख्न उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रमुख अतिथि समेत रहेका खरेलले तालिम पश्चात् अनुशासित र मर्यादित समाज निर्माणका लागि सकारात्मक भूमिका रहने उल्लेख गरेका थिए । नगर प्रमुख खरेलले स्काउटले सामाजिक रुपमा परिवर्तन गर्ने नेतृत्वदायी भुमिका सृजना गर्ने हुँदा विद्यालय स्तरमा स्काउटको भुमिका अहम हुने बताए ।

सोही कार्यक्रममा नगर प्रमुख ध्रुव प्रसाद खरेल, उपप्रमुख विद्या लक्ष्मी गुरुङ र नगर शिक्षा अधिकारी टिकाराम शर्मालाई नेपाल स्काउटको विधान अनुरुप दीक्षित समेत गरिएको थियो।नेपाल स्काउटका लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराई, कोर्ष लिडर दावा शेर्पा लगायतले आ–आफ्नो भनाई राखेका थिए । उक्त तालिममा कोर्ष लिडरका रुपमा कोर्ष लिडर दावा शेर्पा र काउन्सिलरहरु छबिलाल कंडेल, बिक्की डुम्रे, पुकार ढकाल रहेका थिए । समापन कार्यक्रम स्थानीय स्काउट देवदह नगरपालिकाको संयोजक विकास गहतराजको अध्यक्षता र राहुल देव सापकोटाको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अमेरिकाको इरानसँगको युद्ध र सम्भावित खतरा

सम्बन्धित

प्रकाशमानलाई कान्छारामको चेतावनी : १५औं महाधिवेशनमा हिसाब-किताब हुन्छ

भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब ४७ करोड

कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र हुनुपर्छ- कोइराला

जनमतकी सांसद सुमना शर्माविरुद्ध पक्राउ पुर्जी

अहिलेका अर्थमन्त्री र सहरी विकासमन्त्री फेरि संसद्‌मा नआऊन् भन्दै कांग्रेस सांसदले गरे रोस्ट्रममै प्रार्थना

बजेटमा गणेशमान सिंहको अपमान गरेको भन्दै सहरी विकासमन्त्रीलाई माफी माग्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com